after_navbar

दुई बालिका मृत फेला


१७ घण्टा अगाडि


दैलेख । दैलेखमा दुई बालिका मृत्त अवस्थामा फेला परेका छन् । जिल्लाको भगवतीमाई गाउँपालिका-४ मनघरमा दुई बालिका मृत अवस्थामा फेला परेका हुन्। १३ र १४ वर्षीया दिदीबहिनी नाताका बालिका घरनजिकैको जङ्गलमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलका अनुसार दुवै बालिका सोमबार राति एउटै घरमा सुतेका थिए। राति घरबाट निस्किएका उनीहरू मंगलबार बिहान घरबाट केही टाढा रहेको जङ्गलमा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार दुवै बालिका झुण्डिएको अवस्थामा फेला परेका थिए। घटनास्थलमा प्रहरी टोली खटिएको छ भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="