after_navbar

भोटेकोशी बाढी: १५ पालिकाका १६ हजार घरधुरी प्रभावित


२ घण्टा अगाडि


काठमाडौ,२६ भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट पाँच जिल्लाका १५ पालिकाका १६ हजार ११० घरधुरीका ६४ हजार ३३५ जना प्रभावित भएका छन्। तीमध्ये ७ हजार ५७० घरधुरी प्रत्यक्ष रूपमा बाढीबाट प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न पालिका प्रभावित भएका हुन्। प्रभावितमध्ये १६ हजार ७६९ पुरुष र १६ हजार १९२ महिला रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।

रसुवामा चार पालिकाका १६ वडा बाढीबाट प्रभावित भएका छन्। गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर १, २, ३, ५ र ६ मा बाढीका कारण १ हजार ३०३ घर तथा भवनमा क्षति पुगेको छ। त्यहाँ १ हजार ४४४ घरधुरीका ५ हजार ७४३ जना प्रभावित भएका छन्।

कालिका गाउँपालिका-१ मा ११४ भवनमा क्षति पुगेको छ भने ११९ घरधुरीका ४९१ जना प्रभावित भएका छन्। आमाछोदिङ्मो गाउँपालिकाका वडा नम्बर १, २, ४ र ५ मा ७६ भवनमा क्षति पुगेको छ। त्यहाँ १७७ घरधुरीका ३१३ जना प्रभावित भएका छन्।

उत्तरगया गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्म प्रभावित भएका छन्। ती वडामा ६६५ भवनमा क्षति पुग्दा ६९६ घरधुरीका २ हजार ७१९ जना प्रभावित भएका छन्।

नुवाकोटमा चार पालिकाका २१ वडा बाढीबाट प्रभावित भएका छन्। बेलकोटगढी नगरपालिकाका वडा नम्बर ५, ७ र ८ मा १ हजार ८३ भवनमा क्षति पुगेको छ। त्यहाँ १ हजार १२७ घरधुरीका ४ हजार ४८३ जना प्रभावित भएका छन्।

विदुर नगरपालिकाका वडा नम्बर १ देखि १० र १२ प्रभावित भएका छन्। ती क्षेत्रमा ५ हजार २२८ भवनमा क्षति पुगेको छ भने ५ हजार ९२८ घरधुरीका २३ हजार २३० जना प्रभावित भएका छन्।

किस्पाङ गाउँपालिका-५ मा ९०६ भवनमा क्षति पुगेको छ। त्यहाँ ९३९ घरधुरीका ३ हजार ३८२ जना प्रभावित भएका छन्। तारकेश्वर गाउँपालिकाका वडा नम्बर २ र ४ मा १७८ भवनमा क्षति पुगेको छ भने १८५ घरधुरीका ६६५ जना प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="