after_navbar

हुंकार मधेशले २५ जिल्लामा तोक्यो सम्पर्क व्यक्ति


२१ घण्टा अगाडि


काठमाडौ । हुंकार मधेशले देशका विभिन्न २५ जिल्लाका लागि सम्पर्क व्यक्ति तोकेको छ। सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले २५ जिल्लामा सम्पर्क व्यक्ति तोकेको प्रवक्ता केशव कुमारले जानकारी दिए।

हुंकार मधेशको घोषणा गत असोज ९ गते भएको थियो। यसअघि केन्द्रमा सहजकर्ता, प्रवक्ता र २१ जना विभागीय प्रमुख घोषणा गरिसकिएको केशव कुमारले बताए।

उनका अनुसार मंसिरको पहिलो सातादेखि सुरु गर्ने तयारी गरिएको ‘हुंकार हुलाकी यात्रा’का लागि अहिले विभिन्न जिल्लामा अभियान केन्द्रित बैठक भइरहेका छन्।

२५ जिल्लाका लागि तोकिएका सम्पर्क व्यक्तिहरूको नामावली भने सार्वजनिक विवरणमा समावेश गरिएको छैन।

प्रतिक्रिया दिनुहोस

data-href="