after_navbar

थारु कल्चरमा सगरमाथा स्कुलको कक्षा 


फागुन १७, २०८०



दाङ, १७ फागुन ।
तुलसीपुर ९ बेलुवामा अवस्थित सगरमाथा स्कुलले विद्यार्थीहरुलाई अभ्यासमा आधारित अतिरिक्त शिक्षा दिन सुरु गरेको छ ।  स्कुलले थारु संस्कृती र परिकारको ज्ञान दिन दङ्गिशरण ३ चखौरामा रहेको थारु संग्रहालयमा एकदिने कक्षा सन्चालन गरेको छ।
थारु संग्रहालयका सहायक ब्यबस्थापक नरेन्द्र चौधरीले विध्यार्थीहरुलाई शिक्षण गरेका थिए । उनले थारु संग्रहालयको महत्त्वको वारेमा प्रकाश पारेका थिए । पछिल्लो समयमा थारु समुदाएको भाषा, भेषभुषा, रहनसहन एबम सस्कृती हराउदै गएको अवस्थामा विध्यार्थीहरुलाई थारु संग्रहालयमा कक्षा सन्चालन गर्दा संरक्षण र सम्बर्द्धनमा सगरमाथा स्कुल लागेको बताए । सगरमाथा स्कुलले सुरुवात गरे झै अरुले पनि गर्ने हो संरक्षणमा टेवा पुग्ने बता। 
विद्यालयले समय समयमा विभिन्न स्थानमा विभिन्न प्रशिक्षकहरुबाट कक्षा सन्चालन गर्दा सार्है नै प्रभाबकारी हुने विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले बताए ।
” फरक शैली पृथक अध्यन” सगरमाथा स्कुलको एक बिशेषता भएको कारण विद्यार्थीलाई अरु भन्दा फरक र अब्बल बनाउन विभिन्न समयमा अतिरिक्त कक्षाहरु सन्चालन गर्दै गरेको विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

data-href="