after_navbar

यसवर्षको तिहारमा उत्सवमय बन्दै ‘राजाकोट’


असोज २१, २०८२



प्रकाश डांगी। “राजाकोट केवल एक यात्रा मात्र होइन — इतिहास र प्रकृतिको संगम हो। आउनुहोस्, कार्तिक १ गते हामी सबै मिलेर राजाकोट पुगौँ, हाम्रो पहिचान र धरोहरलाई उजागर गरौँ, र तिहारलाई अविस्मरणीय बनाऔँ!”
साविक गोल्टाकुरीगाविस, हालको दंगीशरण गाउँपालिका वडा नं। २ दाङमा पर्ने राजाकोट ऐतिहासिक, भौगोलिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल हो। समुद्र सतहदेखि १५५६ मिटरको उचाइमा अवस्थित यो स्थल घना जंगलले ढाकिएको छ। तुलसीपुर बजारदेखि करिब २० किलोमीटर दक्षिणतिर रहेको राजाकोट, तिलकन्या र पाथीभारा सामुदायिक वनसँग जोडिएको छ र यहाँ पुग्न करिब ५ किलोमीटर पैदल यात्रा गर्नुपर्छ।

ad

दाङ उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११औँ–१५औँ शताब्दी सम्म शासन गरेका भुरेटाकुरे राजाहरुसँग राजाकोट जोडिएको छ। सुकौराकोटका राजा दंगीशरण गर्मीमा यहाँ बस्ने गर्दथे, त्यसैले यसलाई राजाकोट भनिएको हो। थारु भाषामा कोटलाई “रज्जवाकोट” भनिन्थ्यो। राजा दंगीशरण सिकारमा पारखी थिएस रानीसँगै बुल्बुल्या तालमा नुहाउने प्रचलन पनि थियो, जसको परम्परा आज पनि माघिमा जारी छ।
शिवालिग चुरे श्रृङ्खलामा रहेको राजाकोट भौगर्भिक र ऐतिहासिक अध्ययनका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ। ऐतिहासिक तथ्यअनुसार दाङ उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११औं शताब्दी देखि १५औं शताब्दी सम्म शासन गर्ने भुरेटाकुरे राजाहरूसँग पनि राजाकोटको सम्बन्ध रहेको छ। इतिहासले के देखाउँछ भने दाङ सुकौराकोटको सम्बन्ध बझाङ र सल्यानी राज्यसँग पनि रहेको थियो। दाङ सुकौराकोटका राजा दंगीशरण गर्मीको समयमा राजाकोटमा बस्ने हुनाले उक्त स्थानको नाम ‘राजाकोट’ रहन गएको हो।

थारु भाषामा कोटलाई ‘रज्जवाकोट’ भनिन्छ। सुकौराकोट थारु राजाले शासन गरेको स्थान हो। त्यस समयमा दंगीशरणले सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका थिए। दाङ उपत्यकामा औंलो लाग्ने र दंगीशरण राजा गर्मी छल्नका लागि सुकौराकोटदेखि दक्षिणतर्फको चुरे पर्वतमा रहेको राजाकोट भन्ने ठाउँमा बसेर राजकाज गर्थे।

दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोट लगायतका संरचनाहरू अहिले पनि देख्न सकिन्छ।
राजा आफ्नो सम्पत्ति सुरक्षित राख्न धनटाकुरामा पैसा र वस्तु गाडेको कथाले यहाँको ऐतिहासिक महत्त्व थप्छ। राजाकोट नजिकैको तिलकन्याको कोटमा राज्यको गौडा रहेको अनुमान पनि छ। यहाँको कुकुरगौडा पाण्डवसँग जोडिएको भन्ने कथा रहस्यमय छ।

कुनैबेला राजाकोट, तिलन्याका टाकुरा दाङ उपत्यकाको लागि चल्तीको राजमार्ग बनेको थियो । दाङबाट नेपालगञ्ज जाने बेला पैदल अथवा घोडाको यात्रामा तिलकन्याको कोट हुदैं राजमार्गमा पर्ने बाघखोरमा निस्किएर मानिसहरुको यात्रा हुने गर्दथियो ।
गोल्टाकुरीबाट उकालो लागेपछि तिलकन्याको कोटमा पुगेर थकाइ नमार्ने मानिसहरु नै हुँदैनथे ।

नेपालगञ्ज–दाङ गर्ने घोडेहरुको लस्कर, नुन तेल किन्न जाने हटारुको समूह, घोडा चडेर राजाकोट वारपार गर्नेहरुलाई आजभोलि ति दिनहरु संस्मरण मात्र बनेको होला ।
राजाकोटको चुचुरोबाट नेपालगञ्ज, बहराइज, थर्कोट, स्वर्गद्वारी र महाभारत श्रृङ्खला संगै हिमाली सेताम्मे हिम श्रृङ्खला र रमणीय स्थलहरू देख्न सकिन्छ। देउखुरी उपत्यका भएर बग्ने राप्ती नदि र दाङ उपत्यका भएर बग्ने बबई नदीको नागबेली आकारले बनेको दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभिन्छ।

पहिला राजमार्गको रूपमा प्रयोग हुने तिलकन्याको बाटो आजको तुल्सिपुर–अमेलिया–घोराही–लमही मसोट सडक सञ्चालन अघि प्रमुख मार्ग थियो। त्यहाँ टाकुरोमा होटल सन्चालन हुन्थ्यो र हजारौं मानिस यहाँ यात्रा गर्थे।
तर, राजाकोट अहिले पनि उस्तै छ। यहाँ चिसो हावा र रमणीय दृश्यहरूले यहाँ पुग्ने मानिसलाई आनन्दित पार्दछन्। यद्यपि, वन फडानीका कारण वातावरणमा विग्रह भएको छ। अब पैदल यात्रा र घोडाका सवार राजाकोट र तिलकन्यामा भेटिँदैनन्। तर, यहाँको चिसो हावा र वातावरणीय सौन्दर्य भने कायम छ।

नेपाल प्रहरीसँगको ऐतिहासिक सम्बन्ध
राजाकोट–तिलकन्या क्षेत्र नेपाल प्रहरीको इतिहाससँग पनि जोडिएको छ। हाम्रो पुर्खालाइ त यो थाहा थिएन, र शायद धेरैलाई तिलकन्या प्रहरी नामले कमै थाहा होला। त्यहाँ प्रहरी कहिले बस्न थाले, त्यो नेपाल प्रहरीको लागि पनि एक इतिहाँसको खोजिको बिषय हो र हुनु पनि पर्छ । जुन अहिले गोल्टाकुरी प्रहरी चौंकीको रुपमा दंगिशरण गाँउपालिका २ गोल्टाकुरीमा रहेको छ यो पनि एक जीवित इतिहास हो र अनुसन्धानको विषय बन्नुपर्छ।
आज पनि राजाकोट चिसो हावा, घना जंगल र रमणीय दृश्यले यात्रुहरूलाई मनमोहक अनुभव दिन्छ। तर वन विनास र वातावरणीय परिवर्तनले वन्यजन्तु र चराचुरुङ्गीहरू कम देखिन्छन्।

अन्त्यमा
राजाकोट केवल प्राकृतिक सौन्दर्य होइन, यहाँ लुकेको ऐतिहासिक, सांस्कृतिक र प्रहरी सम्बन्धी तथ्यहरू पनि छ। नयाँ पुस्ताले यसको खोजी गर्नु आवश्यक छ। इतिहासलाई बुझ्न र अनुभव गर्न कार्तिक १ मा राजाकोट पुग्न अनुरोध छ।
राजाकोट तिहारको पूर्वसन्ध्यामा — सबै मिलेर जीवित यादगार बनाऔँ,तिहार नजिकिँदैछ  यस वर्ष तिहारमा केवल दियो बाल्ने उत्सव मात्रै होइन — हाम्रो गौरव, इतिहास र प्राकृतिक सुन्दरताको उत्सव गरौँ ।


किन राजाकोटपुग्नेरु यहाँ छन् केही कारणहरू
: ऐतिहासिक महत्व

राजाकोट सुकौराकोटमा रहेको दरबार, कोटलगायत संरचनाहरुले देखाउँछन् कि राजा दंगीशरणले यहाँ राजकाज चलाउँथे र गर्मी छल्ने ठाउँको रूपमा यो स्थल प्रयोग हुन्थ्यो । यो थारू संस्कृति र स्थानीय परम्परासँगजोडिएको ऐतिहासिक स्थल हो ।


प्राकृतिक सौन्दर्य र रमणीयता
चुरे पर्वतको उचाइमा रहेको साथै सुन्दर हावापानी, हरियाली र घाटी दृश्यहरु यहाँका विशेष आकर्षण हुन् ।
तिलकन्या र पाथीभारा सामुदायिक वनसँग जोडिएको र पिकनिक स्थलहरु पर्यटकको खोजीको स्थल हुन सक्छन् ।

पर्यटनले आर्थिक फाइदा
तपाइ हामिले यसलाइ चिनाउन सक्यौ भने यो क्षेत्र पर्यटनको अर्को गन्तव्यको रुपमा विकास हुने छ .

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="