after_navbar

माइतीघरबाट ५० प्रदर्शनकारी पक्राउ


कार्तिक ०, २०८२


काठमाडौ,८ कार्तिक । स्थानीय प्रशासनको अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रदर्शनकारीलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ।

ad

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले जेनजी युनाइटेडका सदस्यलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो। स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित झडपको जोखिम देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएकामध्ये २४ महिला र २६ पुरुष रहेका छन्। जेनजी युनाइटेड समूहले पछिल्ला दुई दिनदेखि माइतीघरमा प्रदर्शन गर्दै आएको थियो।

जेनजी युनाइटेडका अगुवा मदन कार्कीका अनुसार, उनीहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा अनुमति मागे पनि नपाएको बताए।
उनले प्रहरी प्रशासनको कदमलाई अलोकतान्त्रिक भन्दै भने, “हामी सकारात्मक भावनाका साथ जेनजी एकजुट हुनुपर्छ भनेर आएको थियौं, तर हामीलाई रोकियो। जिल्ला प्रशासन कार्यालयले अनुमति नै दिएन।”

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="