after_navbar

निकास खोजेर मात्रै निर्वाचनमा जानुपर्छ: विप्लव


४ घण्टा अगाडि


काठमाडौ,१० पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा देखिएका राजनीतिक, प्रशासनिक तथा कानुनी जटिलता समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने जनाएको छ ।

ad

नवौँ केन्द्रीय समितिको चौथो विशेष बैठकका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव नेत्रविक्रम चन्दले समस्या यथावत् राखेर गरिने निर्वाचनले देशलाई निकास नदिने स्पष्ट पारे ।

महासचिव चन्दले समाजवादी सङ्घीयताअनुरूप राज्य संरचना निर्माण गर्नुपर्ने, अग्राधिकारसहितको सङ्घीय व्यवस्था लागू गर्नुपर्ने र राज्यका सबै अङ्गलाई जनताले अपनत्व महसुस गर्ने गरी पुनःसंरचना गर्नुपर्ने पार्टीको दृष्टिकोण रहेको बताए ।

अन्तरिम कालको नेतृत्व आफ्नो पार्टीलाई दिइए आन्दोलनकारी जनता सहित सबै राजनीतिक शक्तिलाई स्वीकार्य हुने गरी निकास खोजिने उनको भनाइ थियो । यदि त्यो सम्भव नभए राजनीतिक शक्तिहरूबीच सहमतिका आधारमा उपयुक्त समाधान निकाल्नुपर्ने उनले जोड दिए ।

जेन–जी विद्रोहपछि पनि जनताले उठाएका मुद्दाहरू सम्बोधन हुन नसक्नु दुःखद भएको उल्लेख गर्दै उनले सरकारलाई निर्वाचनमा मात्र केन्द्रित नहुन आग्रह गरे ।

भ्रष्टाचार अन्त्य, भ्रष्टाचारीलाई कारबाही र सुशासन प्रवर्द्धनमा गम्भीर रूपमा लाग्नुपर्ने उनको सुझाव थियो ।
महासचिव चन्दले भ्रष्टाचारको अन्त्य, संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था जेन–जी आन्दोलनको मुख्य म्यान्डेट भएको स्मरण गराउँदै पछिल्लो अन्तरिम सरकारले चुनावलाई मात्रै प्राथमिकता दिँदा ती एजेन्डा ओझेलमा परेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="