after_navbar

देशभर वर्षासँगै गर्मी घट्यो


जेठ २८, २०८३


ranning
दाङ,२८ जेठ ।देशका अधिकांश क्षेत्रमा वर्षा भएपछि तराईसहित सबैजसो ठाउँमा गर्मी घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोसम्म लुम्बिनी,सुदुरपश्चिम सहित तराईमा तातो दिन रहे पनि वर्षापछि तापक्रम घटेको हो। आज र भोलि पनि वर्षा हुने भएकाले भोलिसम्म तातो दिन नहुने जनाइएको छ।

गएको ६ घण्टामा सबैभन्दा बढी वर्षा मधेश प्रदेशको बारामा ६३.४ मिलिमिटर मापन गरिएको छ। चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया र काठमाडौँलगायत क्षेत्रमा मध्यम वर्षा भएको छ।

आज देशभर बदली रही विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ। भोलि र पर्सि केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार भारतमा जुन ४ मा मनसुन प्रवेश भइसकेकाले अब केही दिनमै नेपालको पूर्वी भागबाट मनसुन भित्रिने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="