दाङ,२३ असार । दाङमा करेन्ट लागेर वडा सचिवको मृत्यु भएको छ। देउखुरीको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय गढवाका अनुसार ४० वर्षीय यादव सोमबार आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस