दाङ,३ साउन। अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण देशभरका प्रमुख राजमार्गहरूमा आवागमन प्रभावित भएको छ। नेपाल प्रहरी का अनुसार लुम्बिनी , कोशी, बागमतीर गण्डकी प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।
सबैभन्दा बढी असर बागमती प्रदेश मा देखिएको छ। भने गण्डकी प्रदेश मा कालीगण्डकी करिडोर बागलुङ को बेलबगर क्षेत्रमा पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। नवलपरासी (पूर्व) को दाउन्नेमा पहिरो खसेपछि पूर्व–पश्चिम राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको छ, जसका कारण सवारी चाप बढेको छ।
लुम्बिनी प्रदेशका अर्घाखाँची र गुल्मीमा पनि सडक अवरुद्ध भएका छन्। अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक खण्ड र गुल्मीको वामी–रिडी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्।
यसैगरी रसुवाको पासाङ ल्हामु सडक खण्ड र दोलखा को सखिने क्षेत्रमा भने सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
सम्बन्धित निकायहरूले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका छन् भने यात्रुहरूलाई अत्यावश्यक काम बाहेक यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस