दाङ,७ साउन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। हाल बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का साथै कोशी प्रदेश र बागमती प्रदेश का पहाडी तथा हिमाली भागमा सामान्य बदली रहेको छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।
दिउँसो पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि पहाडी क्षेत्रका केही र तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा जारी रहने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस