दाङ,१० साउन। कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुद्धोधन–६ बिमिहाचोक नजिकै दुर्घटना भएको हो । शनिवार राति बसले मोटरसाइललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ। प्रहरीका अुनसार तौलिहवादेखि भैरहवा तर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु प्र ०१००४ प३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका यशोधरा गाउँपालिका-२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् । यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए ।
प्रतिक्रिया दिनुहोस