सुर्खेत,१३ साउन । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज शपथ ग्रहण गर्ने भएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता शाहीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।
यज्ञराज जोशीले सुर्खेतस्थित प्रदेश प्रमुखको कार्यालयमा एमालेको समर्थनमा प्रस्तुत दाबीका आधारमा शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
यसअघि साउन ९ गते नेकपा एमाले र नेकपाबीच कर्णालीमा नयाँ सत्ता समीकरणका लागि सहमति जुटेको थियो।
प्रतिक्रिया दिनुहोस