after_navbar

कारागारको गाडीको ठक्करबाट एक किशोरको मृत्यु


१ घण्टा अगाडि


रूकुम पश्चिम,२२ साउन । कारागार कार्यालयको थुनुवा बोक्ने गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।


गाडीको ठक्करबाट रुकुमपश्चिम जिल्लाको आठबिसकोट नगरपालिका-८ का १८ वर्षीय निवास बोहराको मृत्यु भएको हो। उनी मोटरसाइकलको पछाडि सवार थिए।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख डीएसपी बेदबहादुर पौडेलका अनुसार मोटरसाइकल चालक आठबिसकोट नगरपालिका-१० का २० वर्षीय गणेश शाही गम्भीर घाइते भएका छन्।

जिल्लामा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज स्थित न्युरो अस्पताल पठाइएको छ।

गाडी चालक मुसिकोट नगरपालिका-२ रावतखेतका ५१ वर्षीय टेकबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="