सप्तरी,७ भदौ।सप्तरीमा तीन वर्षीया बालिका घर पछाडिको झाडीमा मृत फेला परेकी छन्।
शम्भुनाथ नगरपालिका-३ ट्राफिक चोकका मोहम्मद इरफानकी छोरी खुशी खातुन घरदेखि करिब ६० मिटर पछाडि झाडीमा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै थिइन्। त्यसपछि बालिका नदेखिएपछि परिवारले खोजी गर्ने क्रममा झाडीमा उनको शव फेला परेको हो।
घटना शङ्कास्पद देखिएकाले प्रहरीले आवश्यक अनुसन्धान तथा घटनाको कारणबारे छानबिन अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस