काठमाडौ,२३ भदौ ।बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ८० हजार ५२३ डोज हैजाविरुद्धको खोप पठाएको छ। मन्त्रालयले खोपसँगै १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पनि पठाएको जनाएको छ।
यसअघि आइतबार रसुवामा हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइएको थियो। रसुवामा बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ।
बाढीका कारण खानेपानी र सरसफाइ प्रणाली प्रभावित भएपछि हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले संक्रमण रोकथामका लागि प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस