after_navbar

वर्षाका कारण जोखिम बढ्दै भन्दै दाङका ५ सडक बन्द


२ घण्टा अगाडि


दाङ । भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका पाँचवटा सडक खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको सूचनाअनुसार दाङसहित देशका विभिन्न भूभागमा असोज ८ गतेदेखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।

कार्यालयले २०८३ असोज ८ गते जारी गरेको सूचनाअनुसार हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म देहायका सडक खण्डमा सडक बन्द रहनेछन्।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-कपुरकोट सडक खण्ड, भालुवाङ-चकचके (प्यूठान) सडक खण्डअन्तर्गत भालुवाङदेखि गनाहा खोलासम्म, शहीद मार्गअन्तर्गत घोराही-होलेरी सडक खण्ड,घोराही-मुर्कुटी सडक खण्ड, तुलसीपुर-सुर्खेत सडक खण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्म सवारी आवागमन बन्द गरिएको जानकारी गराएको हो ।

भारी वर्षाका कारण सडकमा पहिरो, बाढी तथा अन्य विपद्का घटना हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि रातिको समयमा सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबैलाई उक्त निर्णयअनुसार सवारी आवागमन व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="