after_navbar

पानी लगाउन खेतमा गएका एक युवक मृत फेला


१५ घण्टा अगाडि


गुल्मी । खेतमा पानी लगाउन गएका एक व्यक्ति मृत फेला परेका छन् ।गुल्मीको धुर्कोट गाउँपालिका-५ अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी करेन्ट लागेर मृत अवस्थामा फेला परेका हुन् ।

मंगलबार दिउँसो खेतमा पानी लगाउन गएका भण्डारी सम्पर्कविहीन भएपछि आफन्त तथा छरछिमेकले खोजी गरेका थिए। खोजी गर्ने क्रममा बुधबार बिहान सिमलचौरस्थित आफ्नै खेतमा उनी मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार विद्युत् पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर भण्डारीको मृत्यु भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र विश्वकर्माले बताए।

प्रतिक्रिया दिनुहोस

data-href="