after_navbar

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई


११ घण्टा अगाडि


दाङ। लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायणप्रसाद पौडेललाई दिएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयका वरिष्ठतम कर्मचारी पौडेललाई निमित्त सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने जिम्मेवारी दिइएको छ।

यसअघि मन्त्रालयका सचिव बन्धुप्रसाद बास्तोला संघीय मन्त्रालयको पत्रअनुसार संघीय अर्थ मन्त्रालयमा सरुवा भएपछि सचिव पद रिक्त भएको थियो। रिक्त पदमा तत्कालका लागि पौडेललाई निमित्त सचिवको जिम्मेवारी दिइएको भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले जानकारी दिए।

बैठकले गुल्मी अस्पताल तम्घासमा कार्यरत ११औँ तहका प्रमुख कन्सल्टेन्ट मेडिकल जनरललिष्ट डा. पदमराज अधिकारीको स्वेच्छिक राजीनामा पनि स्वीकृत गरेको छ। व्यक्तिगत घरायसी कारण नियमित रूपमा कार्यालयमा उपस्थित भई काम गर्न असमर्थ भएको जनाउँदै उनले भदौ १५ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="