after_navbar

दाङमा ब्राउन सुगरसहित दुईजना पक्राउ


११ घण्टा अगाडि


दाङ । दाङमा ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका-९ चैनपुरस्थित २३ वर्षीय सुरेन्द्रबहादुर घर्ती मगरको घरबाट सुरेन्द्र र घोराही-१८ मसिनाका २४ वर्षीय अरुण घर्ती मगर पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट ३७ ग्राम २३० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ, ७९ हजार ५०० रुपैयाँ नगद, दुई थान एन्ड्रोइड मोबाइल र एक थान डिजिटल तराजु बरामद गरेको जनाएको छ।

असोज २६ गते लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय नारायणपुर र अस्थायी प्रहरी पोष्ट बसपार्क घोराहीबाट खटिएको संयुक्त टोलीले घरमा खानतलासी गरेको थियो।

पक्राउ परेका दुवै जनालाई अदालतबाट १२ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="