after_navbar

धनुषामा १० दिनदेखि बेपत्ता बालक मृत अवस्थामा फेला


२३ घण्टा अगाडि


१४ कात्तिक । धनुषाको नगराइन नगरपालिका–७, देवडिहाबाट १० दिनदेखि बेपत्ता भएका ७ वर्षीय बालक साकेत झा मृत अवस्थामा फेला परेका छन्।​

नगराइन नगरपालिका–७ देवडिहा गाउँ निवासी अजय कुमार झाका ७ वर्षीय छोरा साकेत गत कात्तिक ४ गते विजया दशमीको दिन घरबाट निस्केका थिए। त्यसयता उनी सम्पर्कविहीन भएका थिए। परिवारजनले खोजीका लागि अपिल गरेपछि प्रहरीले गाउँघर, वरपरका पोखरी र झाडीहरूमा व्यापक खोजी तीव्र पारेको थियो।

​जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार घरदेखि करिब अढाई किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा बालकको शव भेटिएको हो।​

प्रहरीले घटनास्थलमा पुगेर घटनाबारे गहिरो अनुसन्धान सुरु गरिसकेको छ। यो हत्या हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="