after_navbar

पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द


११ घण्टा अगाडि


चितवन। चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको छ । हिजो पनि पहिरो खसेकोमा सफा गरेर खुलाइएको थियो । तर आज बिहान फेरि पहिरो खसेपछि यातायात ठप्प भएको हो ।

पहिरो पन्छाउने काम सुरु गरिएको छ । नागढुंगा-मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रका अनुसार पहिरो हटाउन करिब तीन घण्टा लाग्ने अनुमान छ ।

राजमार्ग बन्द हुँदा मुग्लिन हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । तिहार मनाउन यात्रा गर्ने यात्रुसहित अन्य यात्रु प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="