after_navbar

मोटरसाइकल ठोक्किँदा १९ वर्षीय युवकको मृत्यु


१२ घण्टा अगाडि


दाङ । देउखुरीस्थित राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा गढवा गाउँपालिका-६ रामपुरका १९ वर्षीय रोहित सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ८९२४ नम्बरको मोटरसाइकल राप्ती पुलमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सुनारलाई उपचारका लागि घोराहीस्थित सञ्जीवनी टिचिङ अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलको पछाडि सवार गढवा-६ का १८ वर्षीय राहुल थापा र नवीन गुरुङ सामान्य घाइते भएका छन्। सुनारको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="