शिक्षा

पाँच महिनापछि खुल्यो नेपाल संस्कृत विश्वविद्यालय: विद्यार्थी–प्रशासनबीच ५ बुँदे सहमति

दाङ,२३ जेठ । नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी (दाङ) मा विद्यार्थीहरूद्वारा गरिएको तालाबन्दी पाँच महिनापछि खुलाइएको छ। २०८१ साल पुस १२ गतेदेखि लगाइएको ताला विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनबीच सफल वार्तापछि खुलाइएको हो। तालाबन्दीका कारण विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधिहरू पूर्ण रूपमा ठप्प भएका थिए। नियमित पठनपाठन, परीक्षा सञ्चालन, क्याम्पसको प्रशासनिक प्रक्रिया र आर्थिक कारोबार … Continue reading पाँच महिनापछि खुल्यो नेपाल संस्कृत विश्वविद्यालय: विद्यार्थी–प्रशासनबीच ५ बुँदे सहमति

थप पढ्नुहोस् »

तुलसीपुर नगर जेसिजको हाजिरीजवाफ प्रतियोगिता: ज्ञान ज्योती मावि प्रथम

दाङ, १६ जेठ। तुलसीपुर नगर जेसिजको आयोजनामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगित सम्पन्न भएको छ। “Rise Together for Better Tomorrow” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा तुलसीपुर क्षेत्रका निजी तथा सामुदायिक गरी १९ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगिता पाँच चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरण सेलेक्सन राउन्ड, दोस्रो जनरल राउन्ड, तेस्रो र्यापिड फायर राउन्ड, चौथो … Continue reading तुलसीपुर नगर जेसिजको हाजिरीजवाफ प्रतियोगिता: ज्ञान ज्योती मावि प्रथम

थप पढ्नुहोस् »

अमेरिकाद्धारा विद्यार्थी भिसा स्थगन

काठमाडौँ,१४ जेठ । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नयाँ नीतिसँगै, अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई अर्को सूचना नआएसम्म विद्यार्थी भिसा नदिन निर्देशन दिएको जनाइएकोे छ । समाचारअनुसार, यो निलम्बन कहिलेसम्म जारी रहने हो भन्ने अझै स्पष्ट छैन। दूतावास तथा वाणिज्य दूतावासका … Continue reading अमेरिकाद्धारा विद्यार्थी भिसा स्थगन

थप पढ्नुहोस् »

महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी शिविर सञ्चालन

दाङ,९ जेठ । तुलसीपुरमा किशोरीहरुका लागि महिनावारी स्वास्थ्य तथा सरसफाइसम्वन्धी शिविर सञ्चालन भएको छ । तुलसीपुर नगर जेसीजको आयोजनामा र मेट्रो प्याथ ल्याब तथा मेट्रो सिटी पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको प्राविधिक सहयोगमा किशोरी लक्षित महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतना शिविर सम्पन्न भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ स्थित माध्यमिक विद्यालय दोघरेमा अध्ययनरत कक्षा … Continue reading महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी शिविर सञ्चालन

थप पढ्नुहोस् »

सामाजिक समृद्धिको सूचक ‘जुनकीरी’

आदिम के.सी,८ जेठ । नेपाली सिने क्षेत्रमा विभिन्न धारका सिनेमा बन्ने क्रम जारी नै छ । सिनेमाका अलावा सामाजिक सचेतना, जागरण र समृद्धिलाई आधार बनाएर वृत्तचित्र बन्ने क्रमले पनि बाक्लो रूप लिँदै आएका छन् । पछिल्लो समयमा विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावक केन्द्रित रहेर वृत्तचित्र निर्माण भइरहेका छन् । सामाजिक सचेतना तथा जागरणका लागि यस्ता … Continue reading सामाजिक समृद्धिको सूचक ‘जुनकीरी’

थप पढ्नुहोस् »

कक्षा १२ को परीक्षा सुरू , मोबाइल लैजान रोक

दाङ । राष्ट्रिय परीक्षा बोर्डले  देशभरका परीक्षा केन्द्रबाट एकैसाथ  कक्षा १२ को परीक्षा सुरु गरेको छ ।बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को  परीक्षामा निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन् । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर … Continue reading कक्षा १२ को परीक्षा सुरू , मोबाइल लैजान रोक

थप पढ्नुहोस् »

सर्वोच्चले भन्यो : नतिजा ढिलाइ नगर्नू,१२को परीक्षा नसार्नू,३ दिन भित्र शिक्षकलाई विद्यालय फर्काउनु 

काठमाडौं ।  सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकका जायज माग पूरा गरी ३ दिनभित्र स्कुल फर्काउने वातावरण सुनिश्चित गर्न सरकारको नाममा आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किने वातावरण सुनिश्चित गर्न आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार अच्युत कुईंकेल बताए।  ‘आन्दोलनरत शिक्षकहरूका … Continue reading सर्वोच्चले भन्यो : नतिजा ढिलाइ नगर्नू,१२को परीक्षा नसार्नू,३ दिन भित्र शिक्षकलाई विद्यालय फर्काउनु 

थप पढ्नुहोस् »

सेन्टर माविले सुरु गर्यो विद्यार्थी भर्ना

दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका ६ मा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले विद्यार्थी भर्ना अभियान सुरु गरेको छ।  बुधबार देखि विद्यालयमा भर्ना सुरु गरिएको हो ।भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम रोकेर शिक्षक महासंघको आयोजनामा काठमाडौ केन्द्रित भएर  शिक्षकहरू आन्दोलनमा रहेका छन । शिक्षकहरु आन्दोलनमै रहेको समयमा विद्यार्थीहरूको अधिकार र भविष्यलाई वञ्चित नगर्ने भन्दै  अभिभावक र … Continue reading सेन्टर माविले सुरु गर्यो विद्यार्थी भर्ना

थप पढ्नुहोस् »

शिक्षामन्त्री बने रघुजी पन्त

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीले गरेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई नियुक्त गरेका हुन्। स्वास्थ्यको कारण देखाउँदै विद्या भट्टराईले सोमबार मन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई उक्त … Continue reading शिक्षामन्त्री बने रघुजी पन्त

थप पढ्नुहोस् »

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि

काठमाडौं । कक्षा १२ को परीक्षा सरेको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ देखि तय गरिएको परीक्षा सारेको हो। बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी निर्णय गरिने बताए।  त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका अध्यक्ष शर्मालाई परीक्षा … Continue reading कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि

थप पढ्नुहोस् »