शिक्षा

विद्यार्थीकेन्द्रित पाठ्यक्रम परिमार्जनको तयारी

काठमाडौ,२८ असार । पाठ्यक्रम विकास केन्द्र (सिडिसी) ले विद्यार्थीकेन्द्रित र युवामैत्री पाठ्यक्रम परिमार्जन प्रक्रिया अघि बढाएको छ। सिडिसीले विद्यालय शिक्षामा बालबालिकाको सिकाइ स्तर सुधार गर्ने उद्देश्यसहित उक्त प्रक्रिया अगाडी बढाएको हो। २०७६ सालमा राष्ट्रिय पाठ्यक्रम प्रारूप कार्यान्वयनमा आएयता पाठ्यक्रम अद्यावधिक नभएको अवस्थामा बदलिँदो शैक्षिक आवश्यकता र समयअनुसार सुधार आवश्यक ठहरिएको हो। यसैबीच, नयाँ सरकारी नीतिअनुसार … Continue reading विद्यार्थीकेन्द्रित पाठ्यक्रम परिमार्जनको तयारी

थप पढ्नुहोस् »

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही हुने चेतावनी

काठमाडौ,२६ असार । शिक्षा तथा खेलकुद मन्त्रालयले अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयका अनुसार ए लेभल, सीबीएसई र आइबिडिपीजस्ता कार्यक्रम अनुमति नलिई सञ्चालन भइरहेको पाइए कडाइ गरिनेछ। मन्त्रिपरिषद्ले ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ स्वीकृत गरेपछि कार्यान्वयनमा कडाइ गरिएको हो। उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार केही संस्थाले … Continue reading अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही हुने चेतावनी

थप पढ्नुहोस् »

​त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव थापा नियुक्त

दाङ, १७ असार । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्ष पदमा पूर्वसचिव किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन शाहले पूर्वाधार विज्ञसमेत रहेका थापालाई सो पदमा नियुक्त गरेका हुन्। यश अघिका अध्यक्षलाई बर्खास्त गरिएपछि त्रिवि सेवा आयोगको अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदै आएको थियो। ​नवनियुक्त अध्यक्ष थापा नेपाल सरकारका पूर्वसचिव हुनुका साथै पूर्वाधार … Continue reading ​त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव थापा नियुक्त

थप पढ्नुहोस् »

राप्तीमा शैक्षिक गुणस्तर सुधारका लागि दुईदिने उत्प्रेरणा तालिम सुरु

दाङ,१३ असार । दाङको राप्ती गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि दुईदिने उत्प्रेरणा तालिम सुरु भएको छ । गाउँपालिकाको को आयोजनामा वडा नं।४ स्थित माध्यमिक विद्यालय मौरीघाटमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रार्थना व्यवस्थापन तथा सांगीतिक पीटी सम्बन्धी दुईदिने व्यावहारिक उत्प्रेरणा तालिम शुक्रबारदेखि सुरु भएको हो। विद्यालयमा अनुशासन, सकारात्मक सोच, नेतृत्व विकास तथा गुणस्तरीय शैक्षिक वातावरण … Continue reading राप्तीमा शैक्षिक गुणस्तर सुधारका लागि दुईदिने उत्प्रेरणा तालिम सुरु

थप पढ्नुहोस् »

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौ,५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गरिएको हो। गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कूल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा … Continue reading कक्षा १२ को नतिजा सार्वजनिक

थप पढ्नुहोस् »

माग सम्बोधन नभएपछि विद्यालय कर्मचारी आन्दोलनमा

काठमाडौ,२९ जेठ । बजेट वक्तव्यमा आफ्ना मागहरू सम्बोधन नभएपछि विद्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।नेपाल विद्यालय कर्मचारी परिषद्को समन्वयमा विभिन्न कर्मचारी युनियन तथा संगठनहरूको संयुक्त मोर्चाले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो। कार्यतालिका अनुसार उनीहरूले सरकार, अर्थमन्त्रालय, शिक्षामन्त्रालय र मानव स्रोत विकास केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन्। साथै जिल्ला तहमा शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला … Continue reading माग सम्बोधन नभएपछि विद्यालय कर्मचारी आन्दोलनमा

थप पढ्नुहोस् »

आधा भन्दा बढी सामुदायिक विद्यालयमा १०० भन्दा कम विद्यार्थी

काठमाडौ,२८ जेठ । देशभरका १३ हजार ७३६ सामुदायिक विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी रहेको तथ्य सार्वजनिक भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ‘शैक्षिक सूचना २०८२’ अनुसार यस्तो विद्यालयको संख्या कुल सामुदायिक विद्यालयको ५०.८६ प्रतिशत हो। यसले आधाभन्दा बढी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको देखाएको छ। हाल देशभर ३५ हजार ९५१ विद्यालय छन्। … Continue reading आधा भन्दा बढी सामुदायिक विद्यालयमा १०० भन्दा कम विद्यार्थी

थप पढ्नुहोस् »

तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने

दाङ,१९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले वडा नं. १५ दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ। थारू समुदायको बाहुल्यता रहेको जिल्लामा मातृभाषामा शिक्षा दिन यो निर्णय गरिएको नगरप्रमुख टीकाराम खड्काले बताए। विद्यालय गुठीका रूपमा सञ्चालन हुने जनाइएको छ। तीन वर्षअघि स्थानीय रोहित चौधरीले दिएको निवेदनका आधारमा उपमहानगरपालिकाको ४७औँ कार्यपालिका बैठकले यो निर्णय … Continue reading तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने

थप पढ्नुहोस् »

लुम्बिनी स्मार्टमा शिक्षण सिकाइ कार्यशाला सञ्चालन

दाङ,१६ जेठ ।तुलसीपुरमा रहेको लुम्बिनी स्मार्ट स्कूलमा शिक्षकहरूका लागि चारदिने कार्यशाला सन्चालन भएको छ। क्रियाकलापमा आधारित शिक्षण सिकाइ (एबिएल) सम्बन्धी उक्त कार्यशाला सञ्चालन गरिएको हो। कार्यशालामा ६० भन्दा बढी शिक्षक शिक्षिकाको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक बामदेव सापकोटाले जानकारी दिए। शिक्षकहरूको शिक्षण शैलीलाई अझ प्रभावकारी, आकर्षक र बालमैत्री बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो। कार्यशालामा विद्यार्थीलाई … Continue reading लुम्बिनी स्मार्टमा शिक्षण सिकाइ कार्यशाला सञ्चालन

थप पढ्नुहोस् »

शिक्षकका लागि एआई प्रयोगसम्बन्धी तालिम

दाङ,१४ जेठ । ज्योतिपुञ्ज एजुकेशनल ग्रुपको आयोजनामा शिक्षकहरूका लागि शिक्षण–सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगसम्बन्धी तीन दिने तालिम सुरु भएको छ। बिहीबारदेखि घोराहीमा सुरु भएको तालिममा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलका शिक्षकहरूको सहभागिता रहेको छ। तालिम ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए। तालिममा एआईको परिचय, विभिन्न टुल्सको … Continue reading शिक्षकका लागि एआई प्रयोगसम्बन्धी तालिम

थप पढ्नुहोस् »