after_navbar

बजेट कार्यान्वयनका विषयमा छलफल


२० घण्टा अगाडि


काठमाडौ,४ साउन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनका विषयमा सचीवहरुसंग छलफल गरेका छन् । अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय छलफल सुरु गरेका हुन् । बैठकमा बजेट कार्यान्वयनसँग सम्बन्धित प्रमुख मन्त्रालयका सचिवहरू सहभागी छन्।

अर्थमन्त्री वाग्लेको अध्यक्षतामा भइरहेको उक्त बैठकमा राष्ट्रिय योजना आयोग का उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय लगायत विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।

बैठकमा पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिहरू सहभागी भई बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उपायबारे छलफल भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="