विदेश

अफगानिस्तानमा भूकम्पमा परी २४ जनाको मृत्यु

काठमाडौ,१८ कार्तिक । उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । दर्जनौँ घाइते भएका छन् भने कतिपय क्षेत्रमा पहिरो खस्दा घरहरू ध्वस्त र प्रमुख सडक अवरुद्ध भएका छन् । भूकम्पको केन्द्र समानगन प्रान्तको खुल्म क्षेत्र, करिब २८ किलोमिटर गहिराइमा रहेको बताइएको छ । समानगन, बाल्ख, … Continue reading अफगानिस्तानमा भूकम्पमा परी २४ जनाको मृत्यु

थप पढ्नुहोस् »

बस र ट्रक ठोकिँदा भारतमा १९ जनाको मृत्यु

काठमाडौ,१७ कार्तिक। भारत तेलंगानाको रंगारेड्डीमा बस र ट्रक एकापसमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ। साइबराबाद कमिश्नरेटका एक प्रहरी अधिकारीले सन्चारमाध्यमलाई मृत्युको पुष्टि गरेका छन्। सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना भएको हो। समाचार एजेन्सी एएनआईका अनुसार तेलंगाना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बस ट्रकसँग ठोक्किएको छ। तेलंगानाका मुख्यमन्त्री कार्यालयले सामाजिक सञ्जाल पोस्टमा … Continue reading बस र ट्रक ठोकिँदा भारतमा १९ जनाको मृत्यु

थप पढ्नुहोस् »

भारत–अमेरिका बीच १० वर्षे रक्षा सहयोग सम्झौता

काठमाडौ,१४ कार्तिक । भारत र अमेरिकाले आउँदो १० वर्षका लागि रक्षा सहयोग विस्तार गर्ने एक रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकी रक्षा सचिव पिट हेगसेथ र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच मलेशियाको क्वालालम्पुरमा भएको भेटपछि उक्त सम्झौताको घोषणा गरिएको बीबीसीले जनाएको छ। अमेरिकी रक्षा सचिव हेगसेथले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यो सम्झौताले दुई देशबीचको समन्वय, सूचना … Continue reading भारत–अमेरिका बीच १० वर्षे रक्षा सहयोग सम्झौता

थप पढ्नुहोस् »

ऊर्जा मन्त्री घिसिङ र भारतका विद्युत मन्त्रीबीच भेटवार्ता

काठमाडौ,१२ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ। अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौँ महासभामा भाग लिन नयाँ दिल्ली पुगेका मन्त्री घिसिङले आज (बुधबार) भारतीय समकक्षी खट्ठरसँग भेटवार्ता गरेका हुन्। भारतको विद्युत मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा … Continue reading ऊर्जा मन्त्री घिसिङ र भारतका विद्युत मन्त्रीबीच भेटवार्ता

थप पढ्नुहोस् »

गाजामा इजरायलको हवाई आक्रमण: ३३ प्यालेस्टिनिको मृत्यु

काठमाडौ,१२ कार्तिक । इजरायलले गाजामा पुनः हवाई आक्रमण गरेको छ।जसमा ३३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायलले गाजा सहरसँगै बेइत ला र खान युनिससहितका विभिन्न सहरका घर, विद्यालय र आवासीय भवनहरूमा आक्रमण गरेको बताइएको छ। गाजास्थित अस्पतालका अनुसार मृतकमध्ये महिला र बालबालिका पनि छन्। गाजा सहरको साब्रा क्षेत्रमा एक घरमा बम … Continue reading गाजामा इजरायलको हवाई आक्रमण: ३३ प्यालेस्टिनिको मृत्यु

थप पढ्नुहोस् »

केन्यामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडौ, ११ कार्तिक । केन्यामा यात्रुवाहक विमान राष्ट्रिय निकुञ्जनजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। विमान पर्यटकीय केन्द्र डियानीबाट मासाईमारा राष्ट्रिय निकुञ्जभित्र रहेको एक सानो निजी हवाई पट्टी किचवा टेम्बोतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो। केन्या सिभिल एभिएसन अथोरिटीद्वारा जारी विज्ञप्तिमा विमानमा १२ जना सवार रहेको पुष्टि गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “विमानमा सवार … Continue reading केन्यामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

थप पढ्नुहोस् »

साम्बाको दुई गोलसंगै भारतमाथि नेपालको जित

काठमाडौ,१० कार्तिक । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उत्कृष्ट प्रदर्शनमा नेपालले थ्री नेसन्स कप महिला फुटबल प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको हो। नेपालका लागि सावित्रा भण्डारीले दुवै गोल गर्दै टोलीलाई प्रतियोगिताको पहिलो जित दिलाइन्। प्रतियोगिताको उपाधि भने यसअघि … Continue reading साम्बाको दुई गोलसंगै भारतमाथि नेपालको जित

थप पढ्नुहोस् »

भारत–चीन बीच पाँच वर्षपछि सिधा उडान पुनः सुरु

काठमाडौ,१० कार्तिक। भारतको कोलकाता शहरबाट करिब १८० यात्रु बोकेर सोमबार इन्डिगोको उडान ६ई–१७०३ चीनको ग्वाङ्झाउ पुगेको छ। यससँगै भारत र चीनबीच पाँच वर्षदेखि रोकिएको सिधा हवाई सेवा पुनः सुरु भएको छ। कोभिड महामारीका कारण सन् २०२० मा उडानहरू बन्द भएका थिए। त्यसै वर्ष लद्दाखको गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडपका कारण सिधा … Continue reading भारत–चीन बीच पाँच वर्षपछि सिधा उडान पुनः सुरु

थप पढ्नुहोस् »

बेलायती र्‍यापरको कारको ठक्करबाट नेपाली युवकको मृत्यु

काठमाडौ,१० कार्तिक । बेलायतका चर्चित र्‍यापर गेट्सले चलाएको कारको ठक्करबाट लन्डनमा एक नेपाली युवकको मृत्यु भएको छ। ब्रिटिस प्रहरीका अनुसार ४१ वर्षीय र्‍यापर गेट्समाथि लन्डनको उत्तरपूर्वी इलफोर्ड क्षेत्रमा भएको ‘हिट एन्ड रन’ दुर्घटनामा खतरनाक ढंगले सवारी चलाएर गम्भीर चोट पुर्‍याएको आरोपमा मुद्दा दायर गरिएको छ। गत शनिबार राति इलफोर्ड क्षेत्रमा गेट्सले २० वर्षीय युवीन तामाङलाई … Continue reading बेलायती र्‍यापरको कारको ठक्करबाट नेपाली युवकको मृत्यु

थप पढ्नुहोस् »

नेपाली महिला फुटबल टोली भारत प्रस्थान

काठमाडौ,५ कार्तिक । भारतमा आयोजना हुने अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ। भारतको सिलोङमा हुने उक्त प्रतियोगितामा आयोजक भारतसहित नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता सम्पन्न भएपछि नेपालले भारतसँग एक मैत्रीपूर्ण खेल पनि खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। त्रिदेशीय … Continue reading नेपाली महिला फुटबल टोली भारत प्रस्थान

थप पढ्नुहोस् »