समाचार

दाङमा दलका उमेद्वारहरुको टुंगोः कहाँबाट कुन उम्मेद्वार ?

दाङ,६ माघ। प्रतिनिधि सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै गर्दा दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवार अन्तिम चरणमा पुर्‍याएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी माहोल थप तातिएको छ। दाङका तीनै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलहरूले उम्मेदवार तय गरेका … Continue reading दाङमा दलका उमेद्वारहरुको टुंगोः कहाँबाट कुन उम्मेद्वार ?

थप पढ्नुहोस् »

आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ,६ माघ । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन्। फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। उम्मेदवारी दर्ताका लागि दाङका तीनवटै निर्वाचन क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ … Continue reading आज उम्मेदवारको मनोनयन दर्ता

थप पढ्नुहोस् »

देउवा समूहको रिटमा आज सर्वोच्चमा पेसी

काठमाडौँ,६ माघ । नेपाली कांग्रेसभित्रको आधिकारिकतासम्बन्धी विवादमा निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। गगन थापा समूहलाई नेपाली कांग्रेसको आधिकारिकता दिएको निर्वाचन आयोगको निर्णय चुनौती दिँदै आइतबार रिट दर्ता गरिएको थियो। रिट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका हुन्। प्रारम्भमा आइतबारकै लागि पेसी तोक्न … Continue reading देउवा समूहको रिटमा आज सर्वोच्चमा पेसी

थप पढ्नुहोस् »

सिमेन्ट उद्योगमा काम गर्ने क्रममा पुरिएर लमहीका एक युवकको मृत्यु

दाङ,५ माघ । दाङमा सिमेन्ट उद्योगमा काम गर्ने एक श्रमिकको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगमा काम गर्ने लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको कामका क्रममा माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । सोही घटनामा परेर लमही नगरपालिका–७ हसनापुर निवासी शंकर … Continue reading सिमेन्ट उद्योगमा काम गर्ने क्रममा पुरिएर लमहीका एक युवकको मृत्यु

थप पढ्नुहोस् »

स्पेनमा रेल दुर्घटनाः ३९ जनाको मृत्यु

काठमाडौँ,५ माघ । स्पेनमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको सख्ँया ३९ पुगेको छ । तीव्र गतिकोा कारण भएको रेल दुर्घटना हुँदा ७३ जना गम्भीर घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको स्पेनका यातायातमन्त्री अस्कर प्वेन्टेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रेल्वे सञ्जाल सञ्चालक अडिफका अनुसार ३ सय जना यात्रुसहित मालागाबाट मड्रिडतर्फ गुडिरहेको उच्च … Continue reading स्पेनमा रेल दुर्घटनाः ३९ जनाको मृत्यु

थप पढ्नुहोस् »

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं,५ माघ । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी पोखराबाट पक्राउ परेका हुन् ।प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीका दुई निकायलाई पत्राचार गरेपछि उनलाई पक्राउ गरिएको हो । आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानका लागि पत्र पठाएको थियो । कांग्रेसको विशेष महाधिवेशन … Continue reading मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

थप पढ्नुहोस् »

मनोनयन दर्ता कार्यक्रममा सहभागी हुन कांग्रेस क्षेत्र नं २ को आग्रह

दाङ, ५ माघ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोली मंगलबार हुने उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा सहभागिता जनाउन सबैलाई आह्वान गरेको छ । क्षेत्र नम्बर–२ ले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गरिने कार्यक्रममा सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई उपस्थित हुन अनुरोध … Continue reading मनोनयन दर्ता कार्यक्रममा सहभागी हुन कांग्रेस क्षेत्र नं २ को आग्रह

थप पढ्नुहोस् »

गाउँपालिका अध्यक्षद्वारा ह्विलचियर सहयोग

दाङ,५ माघ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आफ्नो जन्मदिनमा ह्विलचियर सहयोग गरेका छन् । उनले अपांगताका कारण कष्टकर जीवन बिताइरहेकी एक वृद्धालाई ह्वीलचियर प्रदान गरेका हुन् । शान्तिनगर गाउँपालिका–७ दुवीचौर स्थायी घर भई हाल बबई गाउँपालिका–७ मथ्यौरामा छोरीको घरमा बस्दै आएकी ७२ वर्षीया गौरी थरुनीलाई अध्यक्ष बस्नेतले ह्वीलचियर उपलब्ध गराएका हुन् । लामो समयदेखि … Continue reading गाउँपालिका अध्यक्षद्वारा ह्विलचियर सहयोग

थप पढ्नुहोस् »

आशिका तामाङलाई रास्वपाले दियो टिकट

काठमाडौं ,५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा आशिका तामाङलाई उम्मेदवार बनाएको छ । सोमबार रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले तामाङलाई टिकट हस्तान्तरण गरेका हुन् । रास्वपाका केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ–१ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्नेछिन् । यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर–९ वा २ … Continue reading आशिका तामाङलाई रास्वपाले दियो टिकट

थप पढ्नुहोस् »

दाङका तीनै क्षेत्रमा नेकपाको उम्मेदवार टुंगो: चौधरी दोहोरिए, केसी असन्तुष्ट

दाङ,५ माघ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दाङका तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । पार्टी नेतृत्वले दाङ क्षेत्र नम्बर–१ मा मेटमणि चौधरी, क्षेत्र नम्बर–२ मा निर्मल आचार्य र क्षेत्र नम्बर–३ मा धनबहादुर मास्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपाका नेता मेटमणि चौधरीले तीनै क्षेत्रमा उम्मेदवार टुंगो लागेको जानकारी दिएका छन् … Continue reading दाङका तीनै क्षेत्रमा नेकपाको उम्मेदवार टुंगो: चौधरी दोहोरिए, केसी असन्तुष्ट

थप पढ्नुहोस् »