समाचार

खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं, ५ माघ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले हिजो बेलुकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताएका छन् । आज सार्वजनिक बिदा परेकाले भोलि मात्र राजीनामा पत्र दर्ता हुने गुप्ताले जानकारी दिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिराहा क्षेत्र नम्बर–१ मा उम्मेदवार बन्ने तयारीमा … Continue reading खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

थप पढ्नुहोस् »

आज सोनाम ल्होसार

दाङ,५ माघ। तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउँदै आएको सोनाम ल्होसार आज विविध कार्यक्रमसहित हर्षोल्लासका साथ मनाइँदै छ ।मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६२ औँ सोनाम ल्होसार वर्ष सुरु भएको छ । यस वर्ष सर्प वर्ष पूरा भई घोडा वर्ष प्रवेश गरेको हो । सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, … Continue reading आज सोनाम ल्होसार

थप पढ्नुहोस् »

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौं,४ माघ। निर्वाचन आयोगले भोलि (माघ ५ गते)देखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। प्रत्यक्षतर्फको मनोनयन दर्ता हुनुभन्दा एक दिनअघि नै आचारसंहिता लागू गर्न लागिएको आयोगले जनाएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता माघ ६ गते हुने तालिका छ। आचारसंहिता … Continue reading भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

थप पढ्नुहोस् »

मेयर बालेन शाहले पदबाट राजीनामा दिए

काठमाडौँ,४ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले पदबाट राजीनामा दिएका छन्। उनले आज दिउँसो उपमेयर सुनिता डङ्गोलसमक्ष राजीनामा बुझाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने तयारीका कारण शाहले मेयर पदबाट राजीनामा दिएका हुन्। नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ … Continue reading मेयर बालेन शाहले पदबाट राजीनामा दिए

थप पढ्नुहोस् »

निर्वाचन प्रहरी भर्नाका लागि शारीरिक परीक्षण तालिका सार्वजनिक

दाङ,४ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि दाङमा निर्वाचन प्रहरी भर्ना प्रक्रियाअन्तर्गत शारीरिक तन्दुरुस्ती तथा शारीरिक सहनशीलता परीक्षणको तालिका सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१७ गुलरीयामा रहेको नेपाल प्रहरी स्कूलको खेलकुद मैदानमा माघ ५, ६ र ७ गते शारीरिक परीक्षण सञ्चालन हुनेछ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता … Continue reading निर्वाचन प्रहरी भर्नाका लागि शारीरिक परीक्षण तालिका सार्वजनिक

थप पढ्नुहोस् »

मेयर बालेन साहले तत्काल राजीनामा नदिने

काठमाडौँ ,४ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले हाललाई मेयर पदबाट राजीनामा नदिने भएका छन्। प्रतिनिधिसभा निर्वाचनमा भाग लिन ६ गते मनोनयन दर्ता गरेपछि मेयर पद स्वतः निष्क्रिय हुने कानुनी व्यवस्थाका कारण तत्काल राजीनामा नदिने मनस्थितिमा पुगेको बुझिएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने तयारीमा रहेका बालेनले आज राजीनामा दिने चर्चा भए पनि उनले … Continue reading मेयर बालेन साहले तत्काल राजीनामा नदिने

थप पढ्नुहोस् »

राष्ट्रिय सभाका तीन सदस्यको राजीनामा

काठमाडौं,४ माघ । राष्ट्रिय सभाका तीन जना सदस्यहरूले पदबाट राजीनामा दिएका छन्।प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका हुन्। उनीहरूले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष लिखित रूपमा राजीनामा बुझाएको जनाइएको छ।

थप पढ्नुहोस् »

श्रीमानद्वारा श्रीमतीको हत्या

रुकुम पश्चिम,३ माघ । रुकुम पश्चिममा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन्। त्रिवेणी गाउँपालिका–१ निवासी ७४ वर्षीय गणेशबहादुर कामिले ६५ वर्षीया श्रीमती पम्फा कामीको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गणेशले श्रीमती पम्फाको टाउको र हातमा सनासो प्रहार गरी गम्भीर घाइते बनाएका थिए। प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद … Continue reading श्रीमानद्वारा श्रीमतीको हत्या

थप पढ्नुहोस् »

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं,३ माघ । आगामी टी–२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको बिदाइ गरेका हुन्। सो अवसरमा नेता डा. शर्माले वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गरे। साथै आगामी विश्वकपमा … Continue reading विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

थप पढ्नुहोस् »

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने

काठमाडौं,३ माघ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएको छ। शुक्रबार साँझ निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि देउवा पक्ष असन्तुष्ट बनेको हो। शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको देउवापक्षीय केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको नेता प्रकाशशरण महतले … Continue reading निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने

थप पढ्नुहोस् »