समाचार

पार्किङ गरी राखिएको अटोमा आगजनी गर्ने युवक पक्राउ

दाङ, २६ पुस । घर आँगनमा पार्किङ गरी राखिएको अटोमा आगजनी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। दाङको घोराही उपमहानगरपालिका–१३ प्रगतिनगर टोलमा पार्किङ गरी राखिएको अटो रिक्सामा आगजनी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका–६ स्थायी ठेगाना भई हाल दाङ घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ बस्ने १८ वर्षीय सन्देश नेपाली … Continue reading पार्किङ गरी राखिएको अटोमा आगजनी गर्ने युवक पक्राउ

थप पढ्नुहोस् »

सार्वजनिक बिदामा पनि राजस्व कार्यालय खुला रहने

दाङ,२६ पुस। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले सार्वजनिक बिदाका दिनहरूमा पनि सेवा प्रवाह गर्ने जनाएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको उक्त कार्यालयले पुस महिना राजस्व संकलन तथा आय विवरण दाखिलाका दृष्टिले महत्वपूर्ण भएकाले सार्वजनिक बिदा परेका दिनहरूमा समेत कार्यालय खुला राख्ने निर्णय गरेको हो । कार्यालयद्वारा जारी सूचनाअनुसार आज शनिबार र पुस २७ गते आइतबार … Continue reading सार्वजनिक बिदामा पनि राजस्व कार्यालय खुला रहने

थप पढ्नुहोस् »

बर्दियाका वन्यजन्तु पीडितको काठमाडौँमा प्रदर्शन

काठमाडौँ,२६ पुस। बर्दियामा वन्यजन्तुका कारण पीडित बनेका स्थानीयले काठमाडौँको रत्नपार्कमा प्रदर्शन गरेका छन् । नागरिक समाज बर्दियाको अगुवाइमा गरिएको प्रदर्शनपछि आयोजित कोणसभामा वक्ताहरूले बाघ र हात्तीको आक्रमणबाट विगत धेरै वर्षदेखि हरेक हप्ताजसो मानिसहरूले ज्यान गुमाइरहे पनि सरकारले नागरिक सुरक्षाप्रति गम्भीर चासो नदेखाएको गुनासो गरेका छन् । उनीहरूले वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरण र प्रभावित नागरिकको सुरक्षाका … Continue reading बर्दियाका वन्यजन्तु पीडितको काठमाडौँमा प्रदर्शन

थप पढ्नुहोस् »

दाङमा ब्राउन सुगरसहित दुई जना पक्राउ

दाङ,२६ । दाङमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २४ गते राति करिब १२ बजेतिर अस्थायी प्रहरी पोष्ट घोराही बसपार्कबाट खटिएको गस्ती टोलीले घोराही उपमहानगरपालिका–१४ मिलनचोक क्षेत्रमा गस्ती गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा लु ८० प ६३११ नम्बरको … Continue reading दाङमा ब्राउन सुगरसहित दुई जना पक्राउ

थप पढ्नुहोस् »

दाङमा निर्वाचन प्रहरी भर्ना सुरु: पहिलो दिन १५३ जनाको आवेदन

दाङ,२६ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दाङमा निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना प्रक्रिया सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भर्ना प्रक्रिया सुरु भएको पहिलो दिन शुक्रबार ३३ जना महिलासहित १५३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी चक्रबहादुर शाहले दाङमा … Continue reading दाङमा निर्वाचन प्रहरी भर्ना सुरु: पहिलो दिन १५३ जनाको आवेदन

थप पढ्नुहोस् »

कांग्रेस विशेष महाधिवेशन पक्षका कार्यक्रम स्थगित

काठमाडौँ,२६ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले आजका लागि तय गरिएका पदयात्रालगायतका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमराज दाहालको निधनप्रति शोक व्यक्त गर्दै विशेष महाधिवेशन पक्षले कार्यक्रम स्थगित गरेको हो। जारी विज्ञप्तिमा भनिएको छ, “स्व. दाहालको सम्मानमा दोस्रो विशेष महाधिवेशन–२०८२ को सन्दर्भमा आज आयोजना हुने पदयात्रालगायत आजका … Continue reading कांग्रेस विशेष महाधिवेशन पक्षका कार्यक्रम स्थगित

थप पढ्नुहोस् »

लेखापढी कानुन ब्यवसायी एशोसियसन तुलसीपुरको साधारण सभा

अमृत काजी शर्मातुलसीपुर २५ पुस । नेपाल लेखापढी कानुन ब्यवसायीहरुको छाता संगठन नेपाल लेखापढी कानुन ब्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरको ११ औं बर्षिक साधारण सभा शुक्रवार तुलसीपुरमा भएको छ । इकाई समिति तुलसीपुरका अध्यक्ष बिनोद न्यौपानेको अध्यक्षता तथा मालपोत कार्यालय तुलसीपुरका प्रमुख खिम बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी लेखापढी कानुन … Continue reading लेखापढी कानुन ब्यवसायी एशोसियसन तुलसीपुरको साधारण सभा

थप पढ्नुहोस् »

सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

सल्यान ,२५ पुस। सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। कालिमाटी गाउँपालिका–७ पर्सेनी निवासी अन्दाजी ४२ वर्षीया धनसरी रावतको घर नजिकैको जंगलमा बाघको आक्रमणबाट मृत्यु भएको हो। स्थानीयका अनुसार रावत शुक्रबार दिउँसो घर नजिकैको जंगलमा घाँस दाउरा काट्न गएकी बेला बाघले आक्रमण गरेको थियो। दिउँसो करिब ३:१५ बजे बाघले आक्रमण गरी उनलाई जंगलतर्फ तानेर … Continue reading सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

थप पढ्नुहोस् »

ठेकेदारको हातमा मेला महोत्सव, निरीह बन्दै मूल समिति, बढ्दै छ छाडापन र सांस्कृतिक विकृति

दर्शन आचार्य । दाङ । देशभर आजकाल सांस्कृतिक, व्यापारिक तथा प्रविधि, कृषि महोत्सव र रमाइलो मेला को संख्या उल्लेख्य रूपमा बढेको छ। उद्देश्यका रूपमा संस्कृति संरक्षण, कृषि प्रवर्द्धन, प्रविधि हस्तान्तरण र मनोरञ्जनको नाम लिइन्छ। तर यथार्थमा यी महोत्सवहरू क्रमशः ठेकेदार–केन्द्रित, नाफामुखी र उद्देश्यविहीन बन्दै गएका छन्।कागजमा मूल आयोजक समिति देखिन्छ, तर व्यवहारमा मेला लगाउनेदेखि स्टल … Continue reading ठेकेदारको हातमा मेला महोत्सव, निरीह बन्दै मूल समिति, बढ्दै छ छाडापन र सांस्कृतिक विकृति

थप पढ्नुहोस् »

जलवायु, श्रम र आप्रवासन लगायतका दर्जनौँ अन्तर्राष्ट्रिय संस्था सँग सम्झौता तोड्दै अमेरिका

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिका ६६ वटा विश्वस्तरीय अन्तर्राष्ट्रिय संस्थाबाट अलग हुने निर्णयमा पुगेको छ। ट्रम्प प्रशासनले जलवायु परिवर्तन, श्रम, आप्रवासन तथा सामाजिक न्यायसँग सम्बन्धित एजेन्डा बोकेका संस्थाहरूलाई अमेरिकी हितविपरीत ठहर गर्दै सदस्यता त्याग्ने घोषणा गरेको हो।अमेरिकाले छाड्न लागेका संस्थामध्ये ३१ वटा संयुक्त राष्ट्र संघअन्तर्गतका निकाय छन् भने ३५ वटा गैर–संयुक्त … Continue reading जलवायु, श्रम र आप्रवासन लगायतका दर्जनौँ अन्तर्राष्ट्रिय संस्था सँग सम्झौता तोड्दै अमेरिका

थप पढ्नुहोस् »