समाचार

भरतपुर खानेपानी अध्यक्षमा गौतम सातौँ पटक निर्विरोध निर्वाचित

दाङ, ७पुस । दाङको घोराहीस्थित भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्ष पदमा शंकर गौतम सातौँ पटक निर्विरोध निर्वाचित भएका छन् । संस्थाको नवौँ अधिवेशनअन्तर्गत सोमबार भएको उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष गौतमको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । २०५८ सालमा कोषाध्यक्षबाट संस्थागत यात्राको सुरुआत गर्नुभएका गौतम २०६४ … Continue reading भरतपुर खानेपानी अध्यक्षमा गौतम सातौँ पटक निर्विरोध निर्वाचित

थप पढ्नुहोस् »

निकोलससहित केहि प्रदर्शनकारी पक्राउ

काठमाडौँ,७ पुस । मिराज ढुंगानाको नेतृत्वमा माइतीघर मण्डलामा भइरहेको जेनजी समूहको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा निकोलस भुसालसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाडौं प्रशासनले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न अनुमति नदिए पनि जेनजी समूहले सो निर्णयको अवज्ञा गर्दै प्रदर्शन गरेपछि हस्तक्षेप गर्नुपरेको प्रहरीको भनाइ छ ।प्रहरीका अनुसार अनुमति नलिइएको … Continue reading निकोलससहित केहि प्रदर्शनकारी पक्राउ

थप पढ्नुहोस् »

पूर्वानुमानमा आधारित विपद् पूर्वकार्य मजबुत बनाइने : गृहमन्त्री अर्याल

काठमाडौँ,७ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र प्रभावकारी बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएका छन् । सोमबार पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी चौथो राष्ट्रिय संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोण परिवर्तन गर्दै जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा … Continue reading पूर्वानुमानमा आधारित विपद् पूर्वकार्य मजबुत बनाइने : गृहमन्त्री अर्याल

थप पढ्नुहोस् »

महोत्सवमा आज श्याम रानाको मुख्य प्रस्तुति रहने

दाङ,७ पुस । दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव -२०८२ जारी छ। महोत्सव सञ्चालनको चौथो दिन आज सोमबार चर्चित लोक तथा दोहोरी गायक श्याम रानाको मुख्य प्रस्तुति रहने भएको छ । नेपाल साना घरेलु तथा उद्योग महासंघ तुलसीपुर, दाङको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको महोत्सवमा आज श्याम रानासँगै गायक अमृत विश्वकर्मा, गायिका बिमला खड्का … Continue reading महोत्सवमा आज श्याम रानाको मुख्य प्रस्तुति रहने

थप पढ्नुहोस् »

नीतिगत अन्योलले स्थानीय अर्थतन्त्र सङ्कटमा

दाङ,६ पुस। नीतिगत स्पष्टता र प्रभावकारी कार्यान्वयनको अभावका कारण स्थानीय अर्थतन्त्र गम्भीर सङ्कटतर्फ धकेलिँदै गएको सरोकारवालाहरूले बताएका छन्। स्थानीय तहमा युवालाई अर्थतन्त्रसँग जोड्ने स्पष्ट नीति, सिपयुक्त कार्यक्रम र परिणाममुखी योजना नहुँदा बेरोजगारी समस्या जटिल बन्दै गएको उनीहरूको भनाइ छ । तुलसीपुर उद्योग वाणिज्य संघ र सेवा प्रतिष्ठान नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा आयोजित स्थानीय … Continue reading नीतिगत अन्योलले स्थानीय अर्थतन्त्र सङ्कटमा

थप पढ्नुहोस् »

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालोमोसो दलेर कुटपिट

दाङ,६ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि अनेरास्ववियू (क्रान्तिकारी) निकट विद्यार्थीले मोसो दल्नुका साथै कुटपिट गरेका छन्। आइतबार बिहान ५/६ जनाको समूहमा आएका अखिल (क्रान्तिकारी)का विद्यार्थीले बेलझुण्डीस्थित निवासमा पुगेर उपकुलपति नेपालमाथि दुर्व्यवहार र कुटपिट गरेको विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिए। घटनामा उपकुलपति नेपालसँगै विश्वविद्यालयका अन्य दुई कर्मचारी पनि कुटपिटमा परेका जिल्ला प्रहरी … Continue reading संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालोमोसो दलेर कुटपिट

थप पढ्नुहोस् »

अभिभावकलाई आन्दोलनमा उत्रिन शिक्षा मन्त्रीको आह्वान

काठमाडौं,६ पुस । शिक्षामन्त्री महावीर पुनले विद्यालय सुधारका लागि अभिभावकलाई सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्। उनले देशका धेरै विद्यालयमा बेथिति, भ्रष्टाचार र अत्यधिक राजनीतीकरण बढ्दै गएको उल्लेख गर्दै त्यसविरुद्ध स्थानीय स्तरमै एकजुट भएर आवाज उठाउन आग्रह गरेका हुन्। विद्यालयमा देखिएको मनपरी र राजनीतिक हस्तक्षेप अन्त्यका लागि अभिभावकको दबाब आवश्यक रहेको भन्दै मन्त्री पुनले सुधारका … Continue reading अभिभावकलाई आन्दोलनमा उत्रिन शिक्षा मन्त्रीको आह्वान

थप पढ्नुहोस् »

तुलसीपुर ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’घोषणा

दाङ,६ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाले सडकमा आश्रित भएर जीवन बिताइरहेका व्यक्तिको उद्धार र सम्मानजनक जीवनको सुनिश्चितताका लागि ऐतिहासिक कदम चालेको हो। मानवसेवा आश्रमसँगको सहकार्यमा तुलसीपुरलाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ उपमहानगरपालिका घोषणा गरिएको हो। आइतबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मा, … Continue reading तुलसीपुर ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’घोषणा

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सव: आज आउँदैछन् यी कलाकारहरू

दाङ ,६ पुस। स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास तथा सांस्कृतिक पहिचानलाई मजबुत बनाउने उद्देश्यका साथ सञ्चालन भइरहेको प्रथम तुलसीपुर महोत्सव–२०८२ अन्तर्गत आज पुस ६ गते चर्चित कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति हुने भएको छ। नेपाल साना घरेलु तथा उद्योग महासंघ तुलसीपुर, दाङको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको महोत्सवमा आज गायक कुलेन्द्र … Continue reading तुलसीपुर महोत्सव: आज आउँदैछन् यी कलाकारहरू

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सवमा शनिबार ‘हाउसफुल’

दाङ, ५ पुस । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सव दोस्रो दिन शनिबार ‘हाउसफुल’ बनेको छ। चर्चित कलाकारहरूको प्रस्तुति हेर्न दर्शकको अत्यधिक भीड लागेपछि महोत्सवस्थल पूरै भरिभराउ देखिएको थियो। महोत्सवको मुख्य आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायक रामजी खाँड र गायिका भूमिका गिरीले प्रस्तुति दिएसँगै दर्शकको उत्साह बढेको थियो। गायक रामजी खाँडले ‘तिम्रो त बोलिमा मन्त्र … Continue reading तुलसीपुर महोत्सवमा शनिबार ‘हाउसफुल’

थप पढ्नुहोस् »