समाचार

साविक विजेता जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

दाङ, १९ मंसिर ।  लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)  क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।  शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो । लुम्बिनीले जनकपुरलाई हराउँदै प्लेअफमा प्रवेश गर्दा चितवन राइनोज, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतियोगिताको प्लेअफको होडबाट बाहिरिएका छन् । कर्णाली यसअघि नै बाहिरीसकेको टिम … Continue reading साविक विजेता जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

थप पढ्नुहोस् »

कांग्रेसका यादव मधेसको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौ,१९ मंसिर । मधेस प्रदेशमा कांग्रेसका प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन्। कांग्रेससहित ६ राजनीतिक दलको समर्थनमा यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रावधान रहेको … Continue reading कांग्रेसका यादव मधेसको मुख्यमन्त्रीमा नियुक्त

थप पढ्नुहोस् »

जेनजी आन्दोलनपछि देउवा र ओलीको पहिलो भेट

काठमाडौं ,१९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच काठमाडौं महाराजगञ्जमा भेटवार्ता भएको छ। देउवालाई भेट्न ओली शुक्रबार उनीकै निवास पुगेका हुन्। देउवा र ओलीबीचको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको दुवै पक्षको सचिवालयले जनाएको छ। भेटमा देउवाकी धर्मपत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवा र ओलीकी धर्मपत्नी … Continue reading जेनजी आन्दोलनपछि देउवा र ओलीको पहिलो भेट

थप पढ्नुहोस् »

भिएफएक्स सिनेमा हल तुलसीपुरकाे शिलान्यास

दाङ, १९ मंसिर । दाङको नारायणपुरमा रहेको भिएफएक्स सिनेमा हलले तुलसीपुरमा सञ्चालन गर्न लागेको भिएफएक्स सिनेमा हल तुलसीपुरकाे आज शिलान्यास गरिएको छ । नारायणपुर जस्तै सुविधा सम्पन्न हल बनाउने र उच्चस्तरीय प्रविधि जडान गरिने हलमा, भिडियो क्वालिटि र साउन्ड सिस्टम पनि उच्चस्तरीय हुने हल निर्माण कम्पनी सिनेमा वर्ल्डका अध्यक्ष अरुण रिजालले बताए । तुलसीपुर-६ मा … Continue reading भिएफएक्स सिनेमा हल तुलसीपुरकाे शिलान्यास

थप पढ्नुहोस् »

जीप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम,१९ मंसिर । रुकुम पश्चिममा जीप दुर्घटना भएको छ। रुकुम पश्चिमको मुसिकोटबाट आठबिसकोट राडी तर्फ जाँदै गरेको लु १ ज २०८२ नम्बरको जीप आठबिसकोट–१४ स्थित बाँकेज्युलामा दुर्घटना पर्दा चालकसहित १२ जना यात्रु घाइते भएका छन्। घटनाको थप विवरण आउन बाकी छ।

थप पढ्नुहोस् »

प्रधानमन्त्रीसहित सर्वपक्षीय बैठक सुरु

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे आवश्यक तयारी र समन्वयका लागि बैठक बोलाइएको हो। बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा नेपाल सरकारका मन्त्रीहरू, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), … Continue reading प्रधानमन्त्रीसहित सर्वपक्षीय बैठक सुरु

थप पढ्नुहोस् »

पैसा र शक्तिको प्रभावले मात्र चुनाव नजितोस्: प्रधानमन्त्री कार्की

दाङ,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि सबैले निरन्तर रुपमा लागिरहनुपर्ने बताएकी छन्। हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री कार्कीले पैसा र शक्तिको पहुँच भएकाले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशभर जनजागरण आवश्यक रहेको उल्लेख गरिन्। उनले सरकारलाई प्राप्त कार्यादेशभित्र रही दलित तथा उत्पीडित समुदायको … Continue reading पैसा र शक्तिको प्रभावले मात्र चुनाव नजितोस्: प्रधानमन्त्री कार्की

थप पढ्नुहोस् »

एनपीएल : लुम्बिनी र जनकपुर भिड्दै , दुबैलाई जित्नै पर्ने दबाब 

दाङ, १९ मंसिर । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा  आज लुम्बिनीले पहिलो चरणको अन्तिम खेलमा जनकपुर बोल्डसँग प्रतिस्पर्धा गर्दैछ। लुम्बिनी विरुद्ध जनकपुर बोल्स ब्याटिङमा उत छ भने लुम्बिनीले बलिङ गर्दैछ। लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान जान निको लफ्टी इटनले टस जितेर ब्याटिङ रोजेका छन्। … Continue reading एनपीएल : लुम्बिनी र जनकपुर भिड्दै , दुबैलाई जित्नै पर्ने दबाब 

थप पढ्नुहोस् »

मधेसमा कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउने प्रस्ताव

दाङ,१९ मंसिर । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलबिच सहमति भएको छ ।सात दलिय सहमतिमा प्रदेश प्रमुख समक्ष यादवलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ। शुक्रबारकाे सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएकाे हाे ।सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी … Continue reading मधेसमा कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउने प्रस्ताव

थप पढ्नुहोस् »

जबरजस्ती करणी आरोपमा फरार प्रतिवादी पक्राउ

काठमाडौ,१९ मंसिर । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१४ पिपलडालीका ५७ वर्षीय मेगबहादुर भुजेल रहेका छन्। उनी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। भुजेलले पुतलीबजार–१४ स्थित वन क्षेत्रमा ११ वर्षीया बालिकामाथि २०६९ भदौ २७ गते जबरजस्ती करणी गरेका थिए। उक्त घटनामा जिल्ला … Continue reading जबरजस्ती करणी आरोपमा फरार प्रतिवादी पक्राउ

थप पढ्नुहोस् »