समाचार

सुदूरपश्चिममा स्वकीय सचिव नहटाउने निर्णय

धनगढी,१९ कार्तिक । सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले सांसद र मन्त्रीका स्वकीय सचिव कटौती नगर्ने सर्वदलीय निर्णय गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले स्वकीय सचिवालय कायम राख्ने समझदारी गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार, “मन्त्री र सांसदले पाउँदै आएका स्वकीय सचिवको सुविधा नहटाउने सहमति भएको हो।” संघीय सरकारले खर्च … Continue reading सुदूरपश्चिममा स्वकीय सचिव नहटाउने निर्णय

थप पढ्नुहोस् »

प्रचण्ड संयोजक, माधव नेपाल सहसंयोजक तोकिए

काठमाडौ,१९ कार्तिक। नेपाली कम्युनिस्ट पार्टीका नेताहरूको वरीयताक्रम तोकिएको छ। भृकुटीमण्डपमा बुधबार १० कम्युनिस्ट पार्टीबीच एकता घोषणा गर्दै नयाँ संरचना बनाइएको हो। घोषणा सभामा नेता महेन्द्रराय यादवले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक तोक्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव हलबाट सर्वसम्मत रूपमा पारित गरिएको छ। विभिन्न कम्युनिस्ट घटकहरू एकीकृत हुँदै गठन गरिएको नयाँ पार्टीको … Continue reading प्रचण्ड संयोजक, माधव नेपाल सहसंयोजक तोकिए

थप पढ्नुहोस् »

तीन टुक्रामा बाँडियो एकीकृत समाजवादी

काठमाडौ,१९ कार्तिक । नेकपा (एमाले) बाट अलग भई चार वर्षअघि माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) अन्ततः तीन टुक्रामा विभाजित भएको छ। अध्यक्ष माधव नेपालसहितको बहुमत समूह माओवादी केन्द्रसहितका १० वाम घटकसँग एकीकृत भएर ‘नेपाली कम्युनिस्ट पार्टी’मा प्रवेश गरेको छ। यस समूहमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, … Continue reading तीन टुक्रामा बाँडियो एकीकृत समाजवादी

थप पढ्नुहोस् »

सुदूरपश्चिम विश्वविद्यालयको तीनसय बिघा जग्गा अतिक्रमणमा

कञ्चनपुर,१९ कार्तिक । सुदूरपश्चिम विश्वविद्यालयको करिब तीन सय बिघा जग्गा अतिक्रमणमा परेको छ। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयअन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसलाई २०६२ सालमा टीकापुर विकास समितिले तीन सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो। तर, हालसम्म क्याम्पसले ८० बिघामात्र भोगचलन गर्न सकेको छ भने बाँकी तीन सय बिघा जग्गा मुक्तकमैया र सुकुम्बासीका नाममा … Continue reading सुदूरपश्चिम विश्वविद्यालयको तीनसय बिघा जग्गा अतिक्रमणमा

थप पढ्नुहोस् »

पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपि नागरिकता

काठमाडौ,१८ कार्तिक। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि नागरिकता लिएकी छन्। गत भदौ २४ गते जेन–जी आन्दोलनको दोस्रो दिन उनको निवासमा भएको तोडफोड र आगजनीका क्रममा नागरिकता प्रमाणपत्र जलेको थियो। त्यसपछि उनले मङ्गलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर नयाँ प्रतिलिपि नागरिकता प्राप्त गरेकी हुन्।

थप पढ्नुहोस् »

प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गरौँः मुख्यमन्त्री आचार्य

दाङ,१८ कार्तिक। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरेर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सकिने बताएका छन्।मंगलबार देउखुरीमा सम्पन्न लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री आचार्यले बिरामीको चाप बढ्दै गएपछि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएका हुन्। उनले भने,– “प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन … Continue reading प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गरौँः मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

महाधिवेशन नगरी चुनावमा जानु असम्भवः महामन्त्री थापा

काठमाडौ,१८ कार्तिक। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले महाधिवेशन नगरी चुनावमा जान नहुने बताएका छन्। उनले २२ भदौअघि र हालको राजनीतिक परिस्थिति फरक रहेको उल्लेख गर्दै नयाँ नेतृत्व चयन गरेर मात्र जनतामाझ जानुपर्ने आवश्यकता औंल्याए। केन्द्रीय समितिको बैठकमा धारणा राख्दै महामन्त्री थापाले महाधिवेशन कांग्रेसलाई जनतासँग जोडिने मञ्च भएको बताउँदै भने, –“हामी आन्दोलनको अग्रपंक्तिमा हुने पार्टी … Continue reading महाधिवेशन नगरी चुनावमा जानु असम्भवः महामन्त्री थापा

थप पढ्नुहोस् »

निर्वाणा होटल अगाडि गोली चल्योः सुरक्षागार्ड घाइते

रुपन्देही,१८ कार्तिक । रुपन्देहीको भैरहवास्थित निर्वाणा होटलको गेटअगाडि गोली प्रहार हुँदा एक जना सुरक्षागार्ड घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो। विवाद चर्किएपछि ती समूहहरू बाहिर निस्किएर होटलको गेटअगाडि आइपुगेका थिए। त्यस क्रममा एक समूहले गोली चलाएको प्रहरीले जनाएको छ। गोली … Continue reading निर्वाणा होटल अगाडि गोली चल्योः सुरक्षागार्ड घाइते

थप पढ्नुहोस् »

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौ,१८ कार्तिक ।प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र निःशुल्क बनाउन नीतिगत पहल आवश्यक रहेको बताएकी छन् । वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई सम्मानजनक र जिम्मेवार बनाउन सरकारले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिईन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेकी प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई … Continue reading वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री कार्की

थप पढ्नुहोस् »

निकोलस भुसाल पक्राउ

काठमाडौ ,१८ कार्तिक । सामाजिक सञ्जालमा विवादस्पद अभिव्यक्ति दिएका निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८ सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। भुसालले हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडौं महानगरपालिकाका मेयर बालेन … Continue reading निकोलस भुसाल पक्राउ

थप पढ्नुहोस् »