समाचार

रुकुमपूर्वका उच्च भेगमा हिमपात: जनजीवन प्रभावित

रुकुमपूर्व, ११ कार्तिक । रुकुमपूर्वका विभिन्न उच्च पहाडी र हिमाली क्षेत्रमा सोमबार रातिदेखि वर्षासँगै हिमपात भएको छ। जिल्लाका भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका उच्च पाटन क्षेत्रमा यस वर्षको पहिलोपटक बाक्लो हिमपात भएपछि चिसो निकै बढेको छ। हिमपातसँगै स्थानीयवासीको दैनिक जीवन प्रभावित भएको छ। खेतबारीका काम रोकिएका छन् भने विद्यालयमा विद्यार्थीहरूको उपस्थिति घटेको स्थानीयहरूले बताएका छन्। … Continue reading रुकुमपूर्वका उच्च भेगमा हिमपात: जनजीवन प्रभावित

थप पढ्नुहोस् »

मुस्ताङ पुगेका दर्शनार्थी अप्ठेरोमा

मुस्ताङ, ११ कार्तिक । गएरातिदेखि परेको हिमपातका कारण मुस्ताङमा पुगेका मुक्तिनाथ दर्शनार्थी अप्ठेरोमा परेका छन्। बाक्लो हिमपातले सडक अवरुद्ध भएपछि स्थानीय प्रशासनले यात्रुहरूलाई तत्काल नयाँ यात्रा योजना नबनाउन आग्रह गरेको हो। प्रशासनका अनुसार सडकमा बाक्लो हिउँ जमेकाले दुर्घटनाको जोखिम बढेको छ। त्यसैले मुक्तिनाथ जाने यात्रुहरूलाई आवश्यक नपरी उच्च हिमाली क्षेत्रतर्फ नजान अनुरोध गरिएको छ। मुस्ताङसँगै … Continue reading मुस्ताङ पुगेका दर्शनार्थी अप्ठेरोमा

थप पढ्नुहोस् »

बाहिरका चिकित्सकको सिफारिसमा प्रतिष्ठानमा एमआरआई र सिटी स्क्यान सेवा

दाङ,११ कार्तिक । बाहिरका निजी क्लिनिक वा अस्पतालका चिकित्सकबाट सिफारिस भएर आएका बिरामीले अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिधै एमआरआई, सिटी स्क्यान लगायतका सेवा लिन सक्ने भएका छन्। प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीका अनुसार बाहिरका चिकित्सकले पर्चा दिएर सिफारिस गरेका बिरामीलाई अब ओपीडीमा छुट्टै पर्चा काट्नुपर्ने छैन। उनीहरूले सिधै बिलिङ गरी सेवा लिन … Continue reading बाहिरका चिकित्सकको सिफारिसमा प्रतिष्ठानमा एमआरआई र सिटी स्क्यान सेवा

थप पढ्नुहोस् »

साम्बाको दुई गोलसंगै भारतमाथि नेपालको जित

काठमाडौ,१० कार्तिक । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उत्कृष्ट प्रदर्शनमा नेपालले थ्री नेसन्स कप महिला फुटबल प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको हो। नेपालका लागि सावित्रा भण्डारीले दुवै गोल गर्दै टोलीलाई प्रतियोगिताको पहिलो जित दिलाइन्। प्रतियोगिताको उपाधि भने यसअघि … Continue reading साम्बाको दुई गोलसंगै भारतमाथि नेपालको जित

थप पढ्नुहोस् »

उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन मन्त्री पुनको आग्रह

काठमाडौ,१० कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि उद्घाटन, शिलान्यास वा प्रमुख अतिथिको रूपमा कार्यक्रमहरूमा निमन्त्रणा नगर्न आग्रह गरेका छन्। मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमार्फत जनाएका छन्, “कृपया कसैले पनि र कहीँबाट पनि उद्घाटन/शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुनेजस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रण नगर्नु होला।” उनले संयुक्त राष्ट्रसंघको उज्बेकिस्तान महासभा … Continue reading उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन मन्त्री पुनको आग्रह

थप पढ्नुहोस् »

अझै ५ हजार कैदी फरार

काठमाडौ,१० कार्तिक । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये करिब ५ हजार कैदी अझै फरार रहेका छन्। प्रदर्शन चर्किएपछि देशभरका २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी कुल १४ हजार ५४९ जना बन्दी भागेका थिए। तीमध्ये हालसम्म नौ हजार ५८२ जना मात्र कारागार फर्केका छन् … Continue reading अझै ५ हजार कैदी फरार

थप पढ्नुहोस् »

भारत–चीन बीच पाँच वर्षपछि सिधा उडान पुनः सुरु

काठमाडौ,१० कार्तिक। भारतको कोलकाता शहरबाट करिब १८० यात्रु बोकेर सोमबार इन्डिगोको उडान ६ई–१७०३ चीनको ग्वाङ्झाउ पुगेको छ। यससँगै भारत र चीनबीच पाँच वर्षदेखि रोकिएको सिधा हवाई सेवा पुनः सुरु भएको छ। कोभिड महामारीका कारण सन् २०२० मा उडानहरू बन्द भएका थिए। त्यसै वर्ष लद्दाखको गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडपका कारण सिधा … Continue reading भारत–चीन बीच पाँच वर्षपछि सिधा उडान पुनः सुरु

थप पढ्नुहोस् »

निर्वाचन भाँड्ने प्रयास नगर्नुहोस् : स्वास्थ्यमन्त्री डा. गौतम

काठमाडौ,१० कार्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले आगामी निर्वाचनलाई लक्षित गर्दै कुनै पनि राजनीतिक दलले निर्वाचन भाँड्ने प्रयास नगर्न आग्रह गरेकी छन्। सोमबार काठमाडौँस्थित ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुसँग भेट गरेपछि मन्त्री गौतमले सरकार हाल निर्वाचन तयारीमा केन्द्रित भएको बताउँदै त्यसको विरोधका नाममा आन्दोलन नगर्न सबै पक्षलाई … Continue reading निर्वाचन भाँड्ने प्रयास नगर्नुहोस् : स्वास्थ्यमन्त्री डा. गौतम

थप पढ्नुहोस् »

बेलायती र्‍यापरको कारको ठक्करबाट नेपाली युवकको मृत्यु

काठमाडौ,१० कार्तिक । बेलायतका चर्चित र्‍यापर गेट्सले चलाएको कारको ठक्करबाट लन्डनमा एक नेपाली युवकको मृत्यु भएको छ। ब्रिटिस प्रहरीका अनुसार ४१ वर्षीय र्‍यापर गेट्समाथि लन्डनको उत्तरपूर्वी इलफोर्ड क्षेत्रमा भएको ‘हिट एन्ड रन’ दुर्घटनामा खतरनाक ढंगले सवारी चलाएर गम्भीर चोट पुर्‍याएको आरोपमा मुद्दा दायर गरिएको छ। गत शनिबार राति इलफोर्ड क्षेत्रमा गेट्सले २० वर्षीय युवीन तामाङलाई … Continue reading बेलायती र्‍यापरको कारको ठक्करबाट नेपाली युवकको मृत्यु

थप पढ्नुहोस् »

एकैपटक ३६ प्रजिअको सरुवा: ( नामसहित)

काठमाडौ,१० कार्तिक । सरकारले ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। गृह मन्त्रालयले आइतबार देशभरका विभिन्न जिल्लाका प्रजिअहरूको व्यापक सरुवा गरेको हो। मन्त्रालयका अनुसार रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तुलगायत जिल्लाका प्रजिअको सरुवा गरिएको छ। केही जिल्लामा नयाँ प्रजिअ पठाइएका छन् भने केही जिल्लाका प्रजिअलाई अन्य स्थानमा स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको … Continue reading एकैपटक ३६ प्रजिअको सरुवा: ( नामसहित)

थप पढ्नुहोस् »