समाचार

बढ्दै सम्बन्ध विच्छेदका घटना

दाङ,१० कार्तिक। दाङमा एकातिर विवाह गर्नेको संख्या कम हुदै गएको छ । अर्कोतिर विवाहपछि सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दो क्रममा छ। पारिवारिक बेमेल र समझदारीका कारण सम्बन्ध विच्छेदका घटनाहरू क्रमिक रुपमा बढ्दै गएको तथ्याङ्कमा उल्लेख छ। तुलसीपुर उपमहानगरपालिकाको पञ्जीकरण शाखाको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा जोडी छुट्टिने दर तीव्ररूपमा बढ्नु समझदारी मुख्य कारण देखिएको छ। पछिल्ला … Continue reading बढ्दै सम्बन्ध विच्छेदका घटना

थप पढ्नुहोस् »

सगरमाथा हिम क्षेत्र उच्च जोखिममा

काठमाडौ,९ कार्तिक । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको तीव्र प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विष्फोटन, हिमपहिरो र छिटो हिउँ पग्लने जोखिम क्रमिक रूपमा बढिरहेको देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले हालै प्रकाशित गरेको ‘थामे उपत्यका हिमताल विष्फोटन बाढीको कारण, प्रभाव र भविष्यका जोखिम’ शीर्षकको अध्ययनअनुसार उक्त क्षेत्रमा हरेक दश वर्षमा औसत ०.२८ डिग्री … Continue reading सगरमाथा हिम क्षेत्र उच्च जोखिममा

थप पढ्नुहोस् »

प्रदर्शनमा संयमता अपनाउन आयोगको आग्रह

काठमाडौ, ९ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधनको मागसहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकले उठाएका मागहरूलाई समयमा र उचित ढंगले सम्बोधन गर्न सरकारसँग आह्वान गरिएको छ। साथै समस्याको समाधान वार्ता र संवादमार्फत खोजिनुपर्नेमा आयोगले जोड … Continue reading प्रदर्शनमा संयमता अपनाउन आयोगको आग्रह

थप पढ्नुहोस् »

दुई मन्त्रीले लिए शपथ, खगेन्द्रको रोकियो

काठमाडौ,९ कार्तिक । मौजुदा मन्त्रिपरिषद्मा दुई जना नयाँ मन्त्री थपिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता नियुक्त भएका छन् । दुवैले आज शपथ ग्रहण गरेका छन्। यद्यपि संस्कृति, … Continue reading दुई मन्त्रीले लिए शपथ, खगेन्द्रको रोकियो

थप पढ्नुहोस् »

अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य

काठमाडौ,९ कार्तिक । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन जोड्यो। अमेरिकाका स्मित पटेलले सर्वाधिक ७५ रन बनाए। उनलाई करण केसी र सोमपाल कामीले मिलेर रनआउट गरेका थिए। पटेल र साइतेजा मुक्कामल्लाबीच … Continue reading अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य

थप पढ्नुहोस् »

गांजासहित तीन भारतीय पक्राउ

काठमाडौ,९ कार्तिक । लागुऔषध गाँजाजस्तो देखिने करिब सात किलो २९५ ग्राम पदार्थसहित तीन भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ पर्नेहरूमा भारतका २५ वर्षीय हरगोबिन्द सिंह, १९ वर्षीय समिर, र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका छन्। विमानस्थलको भन्सार क्षेत्रबाट उनीहरूलाई शुक्रबार … Continue reading गांजासहित तीन भारतीय पक्राउ

थप पढ्नुहोस् »

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी,९ कार्तिक । गुल्मीको मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरी वडा कार्यालयतर्फ आउँदै गरेको रा१त ३५०२ नम्बरको ट्याक्टर शनिबार राति दुर्घटनामा परेको हो। दुर्घटनामा ट्याक्टरका सहचालक १९ वर्षीय मेघराज पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पुन सडकबाट करिब ५०० … Continue reading ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

थप पढ्नुहोस् »

राष्ट्रिय सभा बैठक कृषि समितिको हलमा सञ्चालन गर्ने तयारी

काठमाडौँ,९ कार्तिक । संघीय संसद भवन नयाँबानेश्वरमा जेनजी आन्दोलनकारीले गरेको आगजनीका कारण क्षतिग्रस्त भएपछि राष्ट्रिय सभा बैठक सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन गर्ने तयारी गरिएको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ संसद भवन अझै निर्माण सम्पन्न नभएकाले सिंहदरबारभित्रकै कृषि समितिको हल सर्वाधिक उपयुक्त विकल्पका रूपमा देखिएको हो। उनका अनुसार, “२०७२ सालको भूकम्पले … Continue reading राष्ट्रिय सभा बैठक कृषि समितिको हलमा सञ्चालन गर्ने तयारी

थप पढ्नुहोस् »

तुलसीपुरमा जुवातास खेलिरहेका सात जना पक्राउ

दाङ,८ कार्तिक । दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका–७, जंङ्रहवास्थित मोतिराम डाँगीको घरमा शुक्रबार राति जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, जुवा खेल्ने क्रममा प्रहरीले नगद ६३ हजार ९२० रुपैयाँ र एक बुक तास बरामद गरेको छ। … Continue reading तुलसीपुरमा जुवातास खेलिरहेका सात जना पक्राउ

थप पढ्नुहोस् »

निकुञ्ज र आरक्ष संरक्षणका लागि ९ हजारबढी सैनिक परिचालन

काठमाडौ,८ कार्तिक। नेपाली सेनाले देशभरका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ। नेपाल सरकारद्वारा घोषणा गरिएको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण, शिकार आरक्षण तथा चुरे क्षेत्रको संरक्षणका लागि सेनाका नौ हजार ४६ जना जनशक्ति खटिएको नेपाली सेनाका युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए। उनका अनुसार सेनाका आठ वटा … Continue reading निकुञ्ज र आरक्ष संरक्षणका लागि ९ हजारबढी सैनिक परिचालन

थप पढ्नुहोस् »