समाचार

घोराहीमा वडाध्यक्ष र इन्जिनियरसहित ९ जना जुवाडे पक्राउ

दाङ,३ कार्तिक । दाङको घोराहीमा वडाध्यक्ष र इन्जिनियरसहित नौ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरतमणि अर्याल र सोही उपमहानगरपालिकामा कार्यरत इन्जिनियर प्रवीण रावतसहित नौ जनालाई गए राति काठेकोलस्थित एक होटेलबाट नियन्त्रणमा लिइएको हो। दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ३ लाख … Continue reading घोराहीमा वडाध्यक्ष र इन्जिनियरसहित ९ जना जुवाडे पक्राउ

थप पढ्नुहोस् »

संन्यास लिदै क्रिकेटर शरद भेषवाकर

काठमाडौं,३ कार्तिक । नेपाली क्रिकेटका सफल ब्याट्सम्यान शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनले नोभेम्बर ७ देखि ९ सम्म हङकङमा हुने हङकङ क्रिकेट सिक्सेस मा नेपालको कप्तानी गर्नेछन्, जुन उनको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। सन् २००२ मा यूएईमा आयोजित यू–१५ एसिया कपबाट आफ्नो खेलजीवन सुरु गरेका शरदले … Continue reading संन्यास लिदै क्रिकेटर शरद भेषवाकर

थप पढ्नुहोस् »

तिहारले सद्भाव, सुशासन र समृद्धिको भावना अभिवृद्धि गरोस्: राष्ट्रपति पौडेल

काठमाडौं,३ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। तिहार पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। … Continue reading तिहारले सद्भाव, सुशासन र समृद्धिको भावना अभिवृद्धि गरोस्: राष्ट्रपति पौडेल

थप पढ्नुहोस् »

इजरायलमा मारिएका विपिन जोशीको शव आज नेपाल आइपुग्ने

काठमाडौं,३ कार्तिक । इजरायलमा मारिएका नेपाली नागरिक विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको पार्थिव शरीर फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइँदै छ। विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू विमानस्थलमा उपस्थित हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। हमासले जोशीलाई २०८० असोज २३ गते … Continue reading इजरायलमा मारिएका विपिन जोशीको शव आज नेपाल आइपुग्ने

थप पढ्नुहोस् »

सुन भन्दै ७१ लाखमा फलाम बेच्ने तीनजना पक्राउ

काठमाडौं ,३ कार्तिक । सुन भन्दै फलामको ढिक्का देखाएर एक महिलाबाट ७१ लाख रुपैयाँ ठगी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका घर भई हाल काठमाडौंमा बस्दै आएकी ४६ वर्षीया गीता केसीलाई ठगी गरेको आरोपमा उक्त गिरोहलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत असोज २३ गते पीडित … Continue reading सुन भन्दै ७१ लाखमा फलाम बेच्ने तीनजना पक्राउ

थप पढ्नुहोस् »

तुलसीपुरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

दाङ,२कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका–५ ख लाइनमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। आइतबार साँझ करिब ५ बजे प्रहरीले हेमराज खड्काको घरमा छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामा हेमराज खड्का, श्रीधर रजौरे, अम्मर कुमार शर्मा, प्रमोद गौतम र वकिल केसी रहेका छन्।प्रहरीले घटनास्थलबाट १ गड्डी तास र नगद रु. ५५ हजार … Continue reading तुलसीपुरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

थप पढ्नुहोस् »

ज्येष्ठ र फरक क्षमता भएका नागरिकलाई हवाई टिकटमा ८०प्रतिशत छुट

काठमाडौं,२ कार्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई हवाई टिकटमा छुट दिने निर्णय गरेको छ। आइतबार प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूसँग भाडा छुटबारे सहमति भएको हो। निर्णय अनुसार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा अधिकतम भाडाको ५० प्रतिशत, ७५ वर्षभन्दा माथिलाई ७० प्रतिशत र … Continue reading ज्येष्ठ र फरक क्षमता भएका नागरिकलाई हवाई टिकटमा ८०प्रतिशत छुट

थप पढ्नुहोस् »

यस्तै अराजकता भइरहे म प्रधानमन्त्री फर्किन्छु: ओली

काठमाडौं,२कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा अराजकता निरन्तर रहिरहे आफू पुनः प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले भने, “यस्तै भयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैनन्, किन सहने? अरुबाट केही … Continue reading यस्तै अराजकता भइरहे म प्रधानमन्त्री फर्किन्छु: ओली

थप पढ्नुहोस् »

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा,२ कार्तिक । माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकजनाको मृत्यु भएको छ। झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ठाउँका ४९ वर्षीय लोकबहादुर गाइने रहेका छन्। उनलाई आज दिउँसो अमलखुट्टा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय … Continue reading माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

थप पढ्नुहोस् »

फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजाय

काठमाडौँ २ कार्तिक । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई जेल पठाइने भएको छ । सार्कोजीलाई सन् २००७ को राष्ट्रपतीय चुनावका लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ। योसँगै उनी युरोपेली संघको इतिहासमा जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रप्रमुख बन्ने भएका छन्। सार्कोजीलाई पेरिसस्थित ला सान्ते कारागारमा राखिनेछ। उनलाई एकान्त कक्षमा … Continue reading फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजाय

थप पढ्नुहोस् »