समाचार

आज काग तिहार

काठमाडौं, २ कार्तिक। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर कागलाई मनपर्ने खानेकुरा अर्पण गरी मनाइँदैछ। यस दिन कागलाई यमराजको दूतका रूपमा पूजा आराधना गरेर मीठा परिकारहरू खुवाउने चलन छ। जनविश्वासअनुसार आज कागलाई दही भात खुवाएमा उसले यमराजसमक्ष राम्रो सन्देश पुर्‍याउँछ र घरमा शुभ फल प्राप्त हुन्छ। नेपाल पञ्चाङ्ग निर्णायक … Continue reading आज काग तिहार

थप पढ्नुहोस् »

ढाका विमानस्थलको कार्गो खण्डमा आगलागी, उडान स्थगित

काठमाडौं,१ कार्तिक । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएपछि सबै उडान अस्थायी रूपमा बन्द गरिएको छ। बंगलादेशको अग्रणी पत्रिका द डेली स्टारका अनुसार आगो नियन्त्रणमा लिन ३६ वटा दमकलका युनिट खटाइएका छन्। अग्नि सेवा स्रोतलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, “दिउँसो करिब २:३० बजे विमानस्थलको गेट नम्बर ८ नजिकैको … Continue reading ढाका विमानस्थलको कार्गो खण्डमा आगलागी, उडान स्थगित

थप पढ्नुहोस् »

तिहार बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौ,१ कार्तिक । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले पत्राचारमार्फत बैंक तथा वित्तीय संस्थालाई व्यापार सहजीकरण र आपूर्ति प्रणाली नियमित सञ्चालनमा राख्न बैंकिङ प्रणाली उपलब्ध गराउन निर्देशन दिएको हो। त्यसैगरी, राष्ट्र … Continue reading तिहार बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

थप पढ्नुहोस् »

३ महिनामा १८.५६ प्रतिशत बजेट खर्च

काठमाडौँ,१ कार्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा सरकारले कुल बजेटको करिब १८ दशमलव ५६ प्रतिशत खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख रुपैयाँ खर्च भएको हो। चालु आर्थिक वर्षका लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन … Continue reading ३ महिनामा १८.५६ प्रतिशत बजेट खर्च

थप पढ्नुहोस् »

रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

काठमाडौ,१ कार्तिक । दक्षिणी रूसको बास्कोर्तोस्तान क्षेत्रमा अवस्थित एक रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ। क्षेत्रीय गभर्नर रेडी खाबिरोभले शनिबार घटनाको पुष्टि गरेका हुन्। गभर्नर खाबिरोभका अनुसार विस्फोटको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन र विशेषज्ञ टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। रूसी सञ्चारमाध्यमका अनुसार बास्कोर्तोस्तान क्षेत्रको स्टर्लिटामाकस्थित सो कारखानाले युक्रेन युद्धका लागि … Continue reading रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

थप पढ्नुहोस् »

फागुन २१ को निर्वाचन झुटको खेती हो : ओली

काठमाडौँ,१ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर जनतालाई झुक्याउने काम गरिरहेको आरोप लगाएका छन्। शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित सम्पर्क समन्वय कमिटीको कार्यक्रममा बोल्दै उनले सरकारले राजनीतिक दलहरूलाई निषेध गरेर चुनाव गराउने भन्दै जनतालाई धोका दिन खोजेको बताए। उनका अनुसार सरकारले वास्तवमै निर्वाचन गराउने सोच … Continue reading फागुन २१ को निर्वाचन झुटको खेती हो : ओली

थप पढ्नुहोस् »

१२ लाख बराबरको पटका नष्ट

पर्सा,१ कार्तिक । पर्साका विभिन्न स्थानमा सञ्चालन गरिएको नियमित चेकजाँचका क्रममा बरामद भएका करिब १२ लाख रुपैयाँ बराबरका अवैध सामानहरू प्रहरीले नष्ट गरेको छ। प्रहरीका अनुसार कार्तिक १ गते शनिबार स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको रोहबरमा ती सामानहरू सार्वजनिक रूपमा नष्ट गरिएको हो। बरामद सामग्रीहरू पर्सा जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरी टोलीहरूले फरक–फरक समयमा चेकजाँचका क्रममा … Continue reading १२ लाख बराबरको पटका नष्ट

थप पढ्नुहोस् »

निर्वाचन सफलताका लागी सबै पक्षको ऐक्यबद्धता आवश्यक छ : प्रचण्ड

काठमाडौँ,१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्। दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले … Continue reading निर्वाचन सफलताका लागी सबै पक्षको ऐक्यबद्धता आवश्यक छ : प्रचण्ड

थप पढ्नुहोस् »

जेनजी आन्दोलनका मिराज ढुंगानाद्वारा नयाँ राजनीतिक दल घोषणा

काठमाडौं,१ कार्तिक । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गरेको घोषणा गरेका छन्। उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी स्थापना गरिएको जानकारी दिए। ढुंगानाले भने, “हामी चुनावमा जानका लागि होइन, देश विकासका लागि पार्टी गठन गरेका हौं। भिडले देश विकास हुँदैन, अब या त एनजिओ खोल्नुपर्छ वा पार्टी नै खोल्नुको विकल्प … Continue reading जेनजी आन्दोलनका मिराज ढुंगानाद्वारा नयाँ राजनीतिक दल घोषणा

थप पढ्नुहोस् »

अगरबत्ती उद्योगमा आगलागी हुँदा २ करोड बढीको क्षति

रुपन्देही,१ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ भैयाटोल (चित्रगुप्त पथ) मा रहेको एक अगरबत्ती उद्योगमा भीषण आगलागी भएको छ। शनिबार बिहान करिब ५ बजे न्यू जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ उद्योगमा आगलागी भएको हो। विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेशिन, सिसिटिभी क्यामेरा, … Continue reading अगरबत्ती उद्योगमा आगलागी हुँदा २ करोड बढीको क्षति

थप पढ्नुहोस् »