समाचार

जेनजी नेता मिराज ढुंगानाले राजनैतिक दल दर्ता गर्ने

काठमाडौं,३१ असोज । जेनजी आन्दोलनका युवा नेता मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्न लागेको घोषणा गरेका छन्। उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलनमार्फत दलको औपचारिक घोषणा गर्ने जानकारी दिएका छन्। ढुंगानाले नयाँ दलले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नेजस्ता एजेन्डालाई प्राथमिकतामा राख्ने बताएका … Continue reading जेनजी नेता मिराज ढुंगानाले राजनैतिक दल दर्ता गर्ने

थप पढ्नुहोस् »

जापानका पूर्वप्रधानमन्त्री मुरयामाको १०१ वर्षको उमेरमा निधन

काठमाडौ,३१ असोज । जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन्। दोस्रो विश्वयुद्धका बेला जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण मुरयामा विशेष रूपमा चिनिएका थिए। सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले एक्समार्फत जानकारी दिँदै लेखिन्, “जापानी राजनीतिको पिता मुरयामा तोमिचीको आज बिहान ११ः२८ … Continue reading जापानका पूर्वप्रधानमन्त्री मुरयामाको १०१ वर्षको उमेरमा निधन

थप पढ्नुहोस् »

एकैदिनमा ७ हजार १ सयले बढ्यो सुन

काठमाडौं ,३१ असोज । सुनको मूल्य आज एकैदिनमा प्रतितोला ७ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ। हिजो प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज फेरि बढेको हो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। … Continue reading एकैदिनमा ७ हजार १ सयले बढ्यो सुन

थप पढ्नुहोस् »

ल्याब सन्चालक पक्राउ

काठमाडौ ,३१ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले भेटेरेनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका सञ्चालक हेमराज बडाललाई पक्राउ गरेको छ। भन्सार शुल्क लाग्नेगरी आयात गर्न दिइएको सिफारिसपत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा बडाललाई आज नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख एवं प्रहरी अतिरिक्त … Continue reading ल्याब सन्चालक पक्राउ

थप पढ्नुहोस् »

कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा

दाङ,३१ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले सूचना जारी गरेर नतिजा प्रकाशन गरेकोबारे जानकारी गराएको हो। आंशिक परीक्षामा ९ हजार ९३४ विद्यार्थी सहभागी भएकामा ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धि परीक्षामा ४ हजार ९७६ जनाले भाग लिएकामा ३ … Continue reading कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा

थप पढ्नुहोस् »

भुमि आयोगको पुनर्स्थापनाको माग

धनगढी,३१ असोज । कञ्चनपुरका श्रमजीवी किसानको प्रतिनिधित्व गर्ने दुई सङ्गठनले भूमि समस्या समाधान आयोग पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्। अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठनले बिहीबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीमार्फत ज्ञापनपत्र पठाएका थिए। निवर्तमान … Continue reading भुमि आयोगको पुनर्स्थापनाको माग

थप पढ्नुहोस् »

तुलसीपुरमा जुवा खेल्दै गरेका सात जना पक्राउ

दाङ,३१ असोज । प्रहरीले दाङको तुलसीपुरबाट जुवा तास खेल्दै गरेका ७ जनालाई पक्राउ गरेको छ। बिहीबार राति ११:४५ बजे तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। स्थानीय कुबेर रेउलेको घरमा अवैध रूपमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश भण्डारीको कमाण्डमा खटिएको टोलीले छापा मारेको … Continue reading तुलसीपुरमा जुवा खेल्दै गरेका सात जना पक्राउ

थप पढ्नुहोस् »

दाङमा जुवा खेल्दै गरेका ११ जना पक्राउ

दाङ, ३० असोज । दाङमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा तुलसीपुर–६ का ४८ वर्षीय सुरेन्द्र हमाल, तुलसीपुर–९ का ४५ वर्षीय गुमबहादुर चलाउने, सोही ठाउँका ५० वर्षीय विरबहादुर बस्याल, घोराही–१४ का ५० वर्षीय विष्णु गुप्ता, घोराही–१५ का ३९ वर्षीय खिमबहादुर डाँगी, सोही ठाउँका ३१ वर्षीय पंकज न्यौपाने, घोराही–१३ का ३३ वर्षीय … Continue reading दाङमा जुवा खेल्दै गरेका ११ जना पक्राउ

थप पढ्नुहोस् »

तुलसीपुरमा खुकुरी प्रहारबाट एकजना घाइते

दाङ, ३० असोज । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एकजना युवक घाइते भएका छन्। घाइते हुनेमा तुलसीपुर–५ रानीजरुवा बस्ने २५ वर्षीय पोषण डाँगी रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार, बिहीबार दिउँसो करिब १ बजेतिर तुलसीपुर–८ कृष्ण मन्दिर नजिक अश्वारा निवासी करिब २४/२५ वर्षीय सन्दीप नामका व्यक्तिले डाँगीमाथि खुकुरी प्रहार गरेका हुन्। मोटरसाइकलमा आएका सन्दीपले अचानक … Continue reading तुलसीपुरमा खुकुरी प्रहारबाट एकजना घाइते

थप पढ्नुहोस् »

आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको आदेश

काठमाडौँ,३० असोज । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्। प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर नर्सहरूको आन्दोलनका विषयमा जानकारी लिएपछि समस्या शीघ्र समाधान गर्न आदेश दिएकी हुन्। स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत सम्हालेकी कार्कीले आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित हुन नदिन तत्काल कदम चाल्न र प्रगतिबारे आफूलाई … Continue reading आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको आदेश

थप पढ्नुहोस् »