समाचार

ओमानसँग खेल्नुअघि नै नेपाल टी-२० विश्वकपमा पुग्ने समिकरण

दाङ,२९ असोज । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा आज नेपालले घरेलु टोलीसँग खेल्दैछ । छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल नेपाली समयअनुसार राति पौने नौ बजे ओमान क्रिकेट एकेडेमीमा हुनेछ। सुपर-६ को शीर्ष टोली ओमान र दोस्रो स्थानको नेपाल दुवैको ६-६ … Continue reading ओमानसँग खेल्नुअघि नै नेपाल टी-२० विश्वकपमा पुग्ने समिकरण

थप पढ्नुहोस् »

कारागारबाट फरार कैदी भारतमा चोरी आरोपमा पक्राउ

काठमाडौं,२९ असोज । जेनजी आन्दोलनको मौका छोपेर झुम्का कारागारबाट फरार भएका दुई व्यक्ति भारतमा मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन्। भारतको बिहार राज्यस्थित अररिया जिल्लाको फारबिसगञ्ज नजिकै बथनाहाबाट पिन्टु कुमार यादव र उमेश कुमार मेहतालाई भारतीय प्रहरीले पक्राउ गरेको हो। उनीहरू सोमबार पक्राउ परेका हुन्। अररिया प्रहरीका सहायक प्रमुख मुकेश कुमारका अनुसार, पक्राउ परेका दुबैजना … Continue reading कारागारबाट फरार कैदी भारतमा चोरी आरोपमा पक्राउ

थप पढ्नुहोस् »

खुलालु नदीमा हाम फालेर १४ वर्षीया किशोरी बेपत्ता

कालिकोट,२९ असोज । खुलालु नदीको पुलबाट हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। मंगलबार साँझ करिब ७ बजे नरहरिनाथ गाउँपालिका–७ उत्सवकी १४ वर्षीया सिर्जना बटाला पुलको बीच भागबाट हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। प्रहरीका अनुसार खोजी कार्य जारी भए पनि अहिलेसम्म उनी फेला परेकी छैनन्। सिर्जना त्यही गाउँकी अनिपाल बटालाकी … Continue reading खुलालु नदीमा हाम फालेर १४ वर्षीया किशोरी बेपत्ता

थप पढ्नुहोस् »

कांग्रेसका २४ सय ८८ प्रतिनिधिद्वारा विशेष महाधिवेशनको माग

काठमाडौं,२९ असोज । नेपाली कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गर्न माग गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन्। देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले खड्कालाई बुझाएका हुन्। उनका अनुसार यो संख्या १४औं महाधिवेशनका कुल प्रतिनिधिको करिब ५३ प्रतिशत हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा हस्ताक्षर बुझाउँदै घिमिरेले अहिलेको विषम परिस्थितिमा … Continue reading कांग्रेसका २४ सय ८८ प्रतिनिधिद्वारा विशेष महाधिवेशनको माग

थप पढ्नुहोस् »

विद्यार्थी कुटपिट गर्ने प्रअ जिम्मेवारीबाट हटाइए

काठमाडौ,२९ असोज । विद्यार्थी कुटपिट गरेको आरोपमा त्रियुगा नगरपालिका–५ दमौटीस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ) राजन राउतलाई जिम्मेवारीमुक्त गरिएको छ। कक्षा १० की छात्रा समीक्षा राईलाई आँखा र गाला सुन्निने गरी थप्पड हानेको आरोपपछि विद्यालय व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले उनलाई प्रअ पदबाट हटाउने निर्णय गरेको हो। अभिभावकहरूको तीव्र विरोधपछि आइतबारदेखि लगातार छलफल गर्दै आएका … Continue reading विद्यार्थी कुटपिट गर्ने प्रअ जिम्मेवारीबाट हटाइए

थप पढ्नुहोस् »

जेनजीको असली पार्टी माओवादी हो: प्रचण्ड

काठमाडौं,२९ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। धादिङको थाक्रे गाउँपालिकास्थित महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताएका हुन्। उनले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै भने, “यस्तो अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र … Continue reading जेनजीको असली पार्टी माओवादी हो: प्रचण्ड

थप पढ्नुहोस् »

संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट

काठमाडौं,२९ असोज । जेन-जी आन्दोलनपछि विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। आठ वर्षदेखि वकालत गर्दै आएका अधिवक्ता विपिन ढकालले संसद् विघटनविरुद्ध रिट दायर गरेका हुन्। ढकालले जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधानिकतामाथि पनि प्रश्न उठाएका छन्। उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै, प्रधानमन्त्री र सरकारले … Continue reading संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट

थप पढ्नुहोस् »

नक्कली पेस्तोल देखाएर लुटपाट

कास्की,२८ असोज । पोखरामा नक्कली पेस्तोल देखाएर एक महिला लुटपाट गर्ने घटना घटेको छ। पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने देवीकला अधिकारीलाई सोमबार राति लुटपाट गरेको आरोपमा सुजन विक नामका एक युवक पक्राउ परेका छन्। कास्की प्रहरीले जानकारी दिएको अनुसार, विक पर्वतको मोदी गाउँपालिका–१ घर भई पोखरा–२० भलाम बस्दै आएका थिए। घटना सोमबार राति ८ः५० बजे भएको … Continue reading नक्कली पेस्तोल देखाएर लुटपाट

थप पढ्नुहोस् »

जेनजी अगुवा भन्दै कर्मचारीलाई धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त

काठमाडौँ, २८ असोज । ‘अनुगमन’ र ‘ज्ञापनपत्र बुझाउने’ नाममा दैनिकजसो विभिन्न सरकारी कार्यालय पुग्ने जेन–जी आन्दोलनका एक समूहका सदस्य अर्जुनबहादुर शाहीमाथि ठगी र चेक बाउन्सका मुद्दा लागेको खुलेको छ। अछाम पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही पछिल्लो समय नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका कार्यालय पुगेर अधिकारीहरूलाई … Continue reading जेनजी अगुवा भन्दै कर्मचारीलाई धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त

थप पढ्नुहोस् »

३५ दिनपछि सार्वजनिक भए सभापति देउवा

काठमाडौ,२८ असोज । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सांघातिक हमलाबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३५ दिनपछि मंगलबार सार्वजनिक भएका छन्। देउवा आज पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेका हुन्। उनीसँगै पत्नी तथा केन्द्रीय सदस्य डा। आरजु राणा देउवा पनि बैठकमा उपस्थित थिइन्। भदौ २४ गते बुढानीलकण्ठस्थित … Continue reading ३५ दिनपछि सार्वजनिक भए सभापति देउवा

थप पढ्नुहोस् »