समाचार

मधेसका मुख्यमन्त्रीले मत लिदैः तीनदल तटस्थ बस्ने

काठमाडौँ,२८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन्। विश्वासको मतप्रक्रियामा तीन दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तटस्थ बस्ने भएका छन्। मुख्यमन्त्री सिंहलाई पहिले दिएको समर्थन सबै दलले फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेको हुन्। यसअघि नै विपक्षमा रहेका माओवादी केन्द्र, जसपा नेपाल … Continue reading मधेसका मुख्यमन्त्रीले मत लिदैः तीनदल तटस्थ बस्ने

थप पढ्नुहोस् »

यस वर्षको भाइटीका उत्तम साइत बिहान ११ः३९ बजे

काठमाडौं,२८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यो साइत धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तमा परेको छ। समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने … Continue reading यस वर्षको भाइटीका उत्तम साइत बिहान ११ः३९ बजे

थप पढ्नुहोस् »

नेपाल टी–२० क्रिकेट वरियतामा एक स्थान उक्लियो

काठमाडौं ,२८ असोज । नेपाल आइसीसी टी–२० टिम वरियतामा एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अक्टोबर १३ मा सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८औं स्थानबाट १७औं स्थानमा पुगेको हो। नेपालले पछिल्ला खेलहरूमा लगातार जित हासिल गरेपछि वरियतामा सुधार भएको हो। विशेषगरी टेस्ट खेल्ने देश वेस्ट इन्डिजलाई २–१ ले पराजित गरेपछि नेपालको … Continue reading नेपाल टी–२० क्रिकेट वरियतामा एक स्थान उक्लियो

थप पढ्नुहोस् »

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा पाँच रिट

काठमाडौँ, २८ असोज। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा रिट दायर भएका छन्। मंगलबार बिहान सवा ११ बजेसम्म अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा, आयुष बडाल र मकबुल मियासहित पाँच जनाले रिट दायर गरेका हुन्। रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ। साथै असंवैधानिक रूपमा नियुक्त … Continue reading प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा पाँच रिट

थप पढ्नुहोस् »

विपिन जोशीको मृत्यु भएको पुष्टि: शव इजरायललाई हस्तान्तरण गर्ने तयारी

काठमाडौ,२७ असोज । प्यालेस्टिनी सशस्त्र समूह हमासले करिब दुई वर्षदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ। ७३८ दिनदेखि बन्धक बनाइएका जोशीको शव हमासले आजै (सोमबार) इजरायललाई हस्तान्तरण गर्ने जनाएको छ। यसअघि उनको अवस्था अज्ञात मानिँदै आएको थियो। संघर्षविराम सम्झौताअन्तर्गत सोमबार २० जना जीवित बन्धकलाई मुक्त गरेपछि हमासको सैन्य शाखाले … Continue reading विपिन जोशीको मृत्यु भएको पुष्टि: शव इजरायललाई हस्तान्तरण गर्ने तयारी

थप पढ्नुहोस् »

दाङमा लागुऔषधसहित तीन जना पक्राउ

दाङ, २७ असोज । दाङमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर–७ का २४ वर्षीय पियुस जिसी, तुलसीपुर–६ का २० वर्षीय एलिक्स केसी र घोराही–९ घर भई हाल घोराही–१५ बद्धिग्यारेज बस्ने ५३ वर्षीय खुम बहादुर खत्री रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहका अनुसार असोज २५ गते … Continue reading दाङमा लागुऔषधसहित तीन जना पक्राउ

थप पढ्नुहोस् »

विपिन जोशीको अवस्था अझै अज्ञात छ : परराष्ट्र मन्त्रालय

काठमाडौं,२७ असोज । परराष्ट्र मन्त्रालयले हमासले कब्जामा लिएर गएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ। सोमबार जारी विज्ञप्तिमा मन्त्रालयले आज रिहा हुने बन्दीहरूको सूचीमा विपिनको नाम रहने अपेक्षा गरिएको भए पनि इजरायली सेनाले सार्वजनिक गरेको सूचीमा उनको नाम समावेश नभएको उल्लेख गरेको छ। ‘आज बिहान इजरायलको स्थानीय समय अनुसार ७ः३० बजे … Continue reading विपिन जोशीको अवस्था अझै अज्ञात छ : परराष्ट्र मन्त्रालय

थप पढ्नुहोस् »

आफ्नो गाडीमा नचढेको भन्दै चार यात्रुमाथि कुटपिट

सुर्खेत ,२७ असोज ।सुर्खेत बसपार्कभित्रै यातायात समितिका कर्मचारीहरूले यात्रुमाथि निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ। आइतबार साँझ करिब ४ बजे मध्यपश्चिम यातायात प्रा.लि.का कर्मचारीले आफ्नो गाडीमा नचढेको भन्दै चार जना यात्रुलाई कुटपिट गरेका हुन्। कालिकोटको मान्मबाट हाइसमा आएका ती यात्रुहरू कोहलपुर जाने तयारीमा थिए। सोही क्रममा मध्यपश्चिम यातायातका कर्मचारी कृष्ण बरालले ‘मेलमा आएको गाडी’ … Continue reading आफ्नो गाडीमा नचढेको भन्दै चार यात्रुमाथि कुटपिट

थप पढ्नुहोस् »

विपिन जोशी जीवित छैनन्: इजरायली अधिकारी

काठमाडौं,२७ असोज । इजरायली अधिकारीहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी दिएका छन्। सोमबार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र त्यहाँको सेनाले यो जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई औपचारिक रूपमा गराएको हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, इजरायलस्थित नेपाली दूतावासले उक्त जानकारी मन्त्रालयलाई अनौपचारिक रूपमा पठाएको छ। हमासले २०८० असोज २३ गते किबुट्ज अलुमिमबाट जोशीलाई अपहरण गरेको … Continue reading विपिन जोशी जीवित छैनन्: इजरायली अधिकारी

थप पढ्नुहोस् »

पहिलो बन्धकहरु रिहा हुँदै

काठमाडौँ,२७ असोज । पहिलो बन्धकलाई १५ मिनेटभित्र रिहा गरिने इजरायली सुरक्षा अधिकारीले पुष्टि गरेका छन्। इजरायली सेनाले (आईडीएफ) सम्झौताको कार्यान्वयनको भागस्वरूप बन्धकहरूलाई स्थानान्तरण र फिर्ता गर्ने तयारी गरिरहेको जनाएको छ। अधिकारीका अनुसार उत्तरी गाजा पट्टीमा स्थानीय समयअनुसार बिहान ८ बजेबाट बन्दी रिहाइ प्रक्रिया सुरु हुने छ। “समय परिवर्तन हुनसक्छ, जानकारी उपलब्ध हुनेबित्तिकै अपडेट दिइनेछ,” उनले … Continue reading पहिलो बन्धकहरु रिहा हुँदै

थप पढ्नुहोस् »