समाचार

मलेसियाविरुद्ध नेपालको जित

काठमाडौं,२२ असोज । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँचवाँ टी–२० खेलमा पाँच विकेटको जित हात पार्दै ३–२ ले शृंखला आफ्नो नाम गरेको छ। बुधबार सम्पन्न अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै सहज जित … Continue reading मलेसियाविरुद्ध नेपालको जित

थप पढ्नुहोस् »

श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौँ,२२ असोज । घरायसी विवाद बढेपछि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा घरायसी विवाद बढेपछि जीतमान तामाङले आफ्नी ४९ वर्षीया श्रीमती सविनाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मंगलबार साँझ तामाङले खुकुरी हानेर श्रीमतीको हत्या गरेका हुन्। सविनाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले घटनाबारे … Continue reading श्रीमानले गरे श्रीमतीको हत्या

थप पढ्नुहोस् »

एमाले पोलिट्ब्युरो सदस्य बस्नेतले गरे साइबर ब्युरोमा बयान कागज

काठमाडौं,२२ असोज । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएर बयान कागज गरेका छन्। विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा बस्नेतको बयान सरकारी वकिलको निर्देशनअनुसार लिइएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिएका छन्। उनले भने, “उहाँ बिहान उपस्थित हुनुभएको थियो। सरकारी वकिलको निर्देशन बमोजिम उहाँको बयान कागज गराएका छौं। अहिले … Continue reading एमाले पोलिट्ब्युरो सदस्य बस्नेतले गरे साइबर ब्युरोमा बयान कागज

थप पढ्नुहोस् »

इलाममा ४० वर्षयताकै भीषण वर्षा

इलाम,२२ असोज । इलाममा ४० वर्षयताकै बढी वर्षा भएपछि ठूलो जनधन क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ र १८ गते परेको अविरल वर्षाले इलाममा बाढीपहिरो निम्त्याउँदै ठूलो क्षति पुर्‍याएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार इलामको सूर्योदय नगरपालिका–स्थित हिमाली गाउँ स्टेशनमा यस वर्ष ३३२.६ मिलिमिटर वर्षा मापन … Continue reading इलाममा ४० वर्षयताकै भीषण वर्षा

थप पढ्नुहोस् »

भ्रामक सूचना र गलत विश्वासले बढाउँदै मातृत्व संकट

उमा भण्डारी, दाङ । दाङको बबई गाउँपालिका–३ बस्ने गंगदी यतिबेला प्रजनन स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्। १५ वर्षमै सन्तान जन्माएकी उनलाई एकातिर स्वास्थ्य समस्या र अर्कोतिर सन्तानको चिन्ताले च्यापिरहेको छ। उनमा पाठेघरको समस्या छ। उनकी जेठी छोरी जन्मजातै सुन्न र बोल्न नसक्ने छन्। कलिलो उमेरमै प्रेम विवाह गरेकी गंगदीले आफ्नो शरीरमा देखिएका परिवर्तन महसुस गर्नै पाइनन् … Continue reading भ्रामक सूचना र गलत विश्वासले बढाउँदै मातृत्व संकट

थप पढ्नुहोस् »

मलेसियामाथि नेपालको जित

काठमाडौ,२१ असोज । मलेसियामा जारी टि–२० सिरिज अन्तर्गत चौथो खेलमा नेपाल विजयी भएको छ। मंगलबार भएको खेलमा कप्तान इन्दु बर्माको अविजित ४८ रनको पारीसहित नेपालले मलेसियालाई ६ विकेटले हराएको हो। यो जितसँगै पाँच खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ। अब बुधबार हुने अन्तिम खेलले सिरिजको विजेता तय गर्नेछ। मलेसियाले टस जितेर ब्याटिङ गर्दै २० … Continue reading मलेसियामाथि नेपालको जित

थप पढ्नुहोस् »

सरकारले विपद प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि अनुदान दिने

काठमाडौँ,२१ असोज । सरकारले हालैको बाढी र पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ। मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी–पहिरो प्रभावित परिवारलाई पहिलो र दोस्रो किस्तामा २५/२५ हजार रुपैयाँका दरले राहत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको … Continue reading सरकारले विपद प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि अनुदान दिने

थप पढ्नुहोस् »

हुम्लाको उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

हुम्ला,२१ असोज। हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ। सोमबार साँझदेखि उत्तरी नाम्खा गाउँपालिकाका यारी, हिल्सा, लिमीलगायत क्षेत्रमा हिमपात भएपछि चिसो अत्यधिक बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले जानकारी दिएका छन्। उनका अनुसार सोमबार दिउँसो हल्का वर्षा भएकोमा मंगलबार बिहानदेखि हिमपात सुरु भएको हो। हिमपातसँगै यहाँको जनजीवन प्रभावित बनेको छ। त्यसैगरी, सिमकोट गाउँपालिकाका पञ्चमुखी, रलिङ, सैपाललगायत … Continue reading हुम्लाको उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

थप पढ्नुहोस् »

बेपत्ता दुई बालिकाको शव फेला

काठमाडौँ,२१ असोज । सोमबार देखि बेपत्ता भएका दुईजना बालिकाको शव फेला परेको छ । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँमा सोमबार बेपत्ता भएका दुई बालिकाको शव मंगलबार फेला परेको हो । खेतको पानी बग्ने ठाउँमा नुहाउने क्रममा स्थानीय रामदयाल रामकी १२ वर्षीया छोरी आरती र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी बेपत्ता भएका थिए … Continue reading बेपत्ता दुई बालिकाको शव फेला

थप पढ्नुहोस् »

विपदमा परी ६० जनाको मृत्यु

काठमाडौँ ,२१ असोज । गएको शुक्रबार रातिदेखि लगातार परेको वर्षासँगै देशभर विभिन्न स्थानमा पहिरो र चट्याङका घटनामा परी ६० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमध्ये १९ पुरुष, २६ महिला र १५ जना नाबालक रहेका छन्। सबैभन्दा बढी इलाम जिल्लामा ३७ जनाको … Continue reading विपदमा परी ६० जनाको मृत्यु

थप पढ्नुहोस् »