समाचार

इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सुहाङको माग

इलाम,२१ असोज । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण इलाम जिल्लामा व्यापक क्षति पुगेको भन्दै तत्काल जिल्लालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेका छन्। नेम्वाङले सामाजिक सञ्जालमार्फत इलामको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराउँदै राहत तथा उद्धार कार्य सहज बनाउन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न पनि आग्रह गरेका छन्। जारी … Continue reading इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सुहाङको माग

थप पढ्नुहोस् »

करेन्ट लागेर दुईजनाको मृत्यु

काठमाडौँ,२१ असोज । छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । कैलालीमा एक र धनुषामा एक गरी दुईजनाको करेन्ट लागेर मृत्यु भएको हो । कैलालीको जोशीपुर गाउँपालिका– ७ घैलाबौनिया बस्ने ३६ वर्षीय मिलन डगौराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।सोमबार साँझ घर नजिकै रहेको घैलानालामा बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट … Continue reading करेन्ट लागेर दुईजनाको मृत्यु

थप पढ्नुहोस् »

५ वर्षीय बालक मृत्त फेला

दमक,२१ असोज । सुतेकै अवस्थामा झापाका पाँच वर्षीय एक बालक मृत्त फेला परेका छन् । मंगलबार विहान सुतेकै ठाउँमा बालक मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय दमकका अनुसार दमक वडा –५ धनेश्वर चोक बस्ने चन्द्रमान रिमालका छोरा ५ वर्षीय लविस रिमाल मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय … Continue reading ५ वर्षीय बालक मृत्त फेला

थप पढ्नुहोस् »

अख्तियार आयोग प्रमुख आयुक्तको राजीनामा माग्दै जेनजीको प्रर्दशन

काठमाडौँ,२१ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामाको माग गर्दै जेनजी युवाहरुले पर्दशन गरेका छन् । उनीहरुले उनीहरु आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । जेनजी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ संवैधानिक … Continue reading अख्तियार आयोग प्रमुख आयुक्तको राजीनामा माग्दै जेनजीको प्रर्दशन

थप पढ्नुहोस् »

यसवर्षको तिहारमा उत्सवमय बन्दै ‘राजाकोट’

प्रकाश डांगी। “राजाकोट केवल एक यात्रा मात्र होइन — इतिहास र प्रकृतिको संगम हो। आउनुहोस्, कार्तिक १ गते हामी सबै मिलेर राजाकोट पुगौँ, हाम्रो पहिचान र धरोहरलाई उजागर गरौँ, र तिहारलाई अविस्मरणीय बनाऔँ!”साविक गोल्टाकुरीगाविस, हालको दंगीशरण गाउँपालिका वडा नं। २ दाङमा पर्ने राजाकोट ऐतिहासिक, भौगोलिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल हो। समुद्र सतहदेखि १५५६ … Continue reading यसवर्षको तिहारमा उत्सवमय बन्दै ‘राजाकोट’

थप पढ्नुहोस् »

निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौं,२० असोज । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक तयारीहरूलाई समयमै अघि बढाउन निर्वाचन आयोगले आज निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता कार्यक्रम सञ्चालन हुनेछ। पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष तर्फ) का लागि माघ २ गतेदेखि … Continue reading निर्वाचन कार्यतालिका स्वीकृत

थप पढ्नुहोस् »

सल्यानमा बोलेरो जीप दुर्घटना: ८ जना घाइते

दाङ,२० असोज । सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर रेशम खत्रीका अनुसार खलंगाबाट शारदा नगरपालिका–९ सुनचौरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ च ०१९६ नम्बरको बोलेरो जीप ज्वालापुरमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा शारदा नगरपालिका–९ का २७ वर्षीय चालक सुरेन्द्र कवँर, सुनचौरकी ७२ वर्षीया भोटीकुमारी बुढाथोकी, १७ वर्षीय … Continue reading सल्यानमा बोलेरो जीप दुर्घटना: ८ जना घाइते

थप पढ्नुहोस् »

दाङमा श्रीमतीले गरिन श्रीमानको हत्या

दाङ,२० असोज । दाङको घोराही उपमहानगरपालिका–१ मा ६४ वर्षीय श्रीमान ढालबहादुर चौधरीको हत्या आरोपमा उनकी ६२ वर्षीया श्रीमती छायादेवी चौधरी पक्राउ परेकी छन्। दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार शनिबार राति करिब १० बजेतिर आपसी विवादका क्रममा छायादेवीले श्रीमान ढालबहादुरको टाउकोमा टर्चलाइट प्रहार गरेकी थिइन्। प्रहारबाट ढालबहादुरको टाउको फुटेर अत्यधिक रक्तश्राव भयो। त्यसकै कारण … Continue reading दाङमा श्रीमतीले गरिन श्रीमानको हत्या

थप पढ्नुहोस् »

भोलि र पर्सि सार्वजनिक विदा

काठमाडौँ,१८ असोज । गृह मन्त्रालयले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। लगातार भइरहेको भारी वर्षाका कारण सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार आगामी दिनमा देशका विभिन्न … Continue reading भोलि र पर्सि सार्वजनिक विदा

थप पढ्नुहोस् »

बोलेरो दुर्घटना हुदा ६ जनाको मृत्यु

काठमाडौ,१८ असोज । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको बोलेरो गाडी तमोर करिडोरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।मृतक र घाइतेहरुको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन।

थप पढ्नुहोस् »