समाचार

सर्वोच्च अदालतमा त्रिपालमुनि मुद्दा सुनुवाइ सुरु

काठमाडौं,२ असोज । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड र आगजनी भएको थियो। आगजनीका कारण भवन क्षतिग्रस्त भएपछि अहिले अदालतले अस्थायी रूपमा त्रिपालमुनि नै मुद्दा सुनुवाइ सुरु गरेको छ। देशको सर्वोच्च न्यायिक निकायका रूपमा सर्वोच्च अदालतले उच्च अदालतहरूको फैसलामाथि पुनरावेदन, रिट निवेदन र संवैधानिक व्याख्यासम्बन्धी मुद्दाहरू सुन्दै आएको … Continue reading सर्वोच्च अदालतमा त्रिपालमुनि मुद्दा सुनुवाइ सुरु

थप पढ्नुहोस् »

सञ्चालनमा आयो सर्वोच्चको वेबसाइट

काठमाडौँ,१ असोज । सर्वोच्च अदालतको वेबसाइट सञ्चालनमा आएको छ। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडले सर्वोच्च अदालत ध्वस्त भएसँगै वेबसाइट पनि बन्द भएको थियो।बन्द भएको वेबसाइट आज बुधबारदेखि पुनः सञ्चालनमा आएको हो। आगलागीले सर्वोच्च अदालत पूर्णरुपमा ध्वस्त भएको छ। अहिले सर्वोच्च प्रशासनले परिसरमै टेन्टमार्फत सेवा दिइरहेको छ।

थप पढ्नुहोस् »

तालमा डुबेर दुईजनाको मृत्यु

रुपन्देही,१ असोज । रुपन्देहीमा तालमा डुबेर दुईजनाको मृत्यु भएको छ । जिल्लामा रहेको गैंडहवामा तालमा पौडी खेल्ने भन्दै पुगेका उनीहरूको बुधबार दिउँसो डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउँपालिका वडा नं. १ असिहवाका करिब १७–१८ वर्षका दीपेश थारू र अरूण थारू छन्। इलाका प्रहरी कार्यालय, रूद्रपुर, रूपन्देहीका प्रहरी निरीक्षक पुष्प रोकायका अनुसार … Continue reading तालमा डुबेर दुईजनाको मृत्यु

थप पढ्नुहोस् »

सिके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम

काठमाडौँ,१ असोज । जनमत पार्टीका विरष्ठ पदाधिकारीसहितका नेताले पार्टी अध्यक्ष डा. सिके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्मिेटम दिएका छन् । जेनजी आन्दोलनका कारण पार्टीभित्र आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा पार्टीका नेताले अध्यक्ष राउतलाई नेतृत्व छाड्न अल्टिमेटम दिएका हुन् । पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवसहित ६ … Continue reading सिके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम

थप पढ्नुहोस् »

सरकारको बजेट खर्च ९ प्रतिशत

काठमाडौं,१ असोज । चालू आर्थिक वर्ष २०८१/ ८२ को भदौ मसान्तसम्म सरकारले कुल बजेटको ९ दशमलव १७ प्रतिशत मात्र खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार, चालू खर्च ९.६७ प्रतिशत, पूँजीगत खर्च १.५६ प्रतिशत र वित्तीय व्यवस्थासम्बन्धी खर्च १५.८९ प्रतिशत रहेको छ। यस वर्ष कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याइएकोमा भदौ … Continue reading सरकारको बजेट खर्च ९ प्रतिशत

थप पढ्नुहोस् »

कार्यालय आगजनी हुँदा वित्तीय कारोवार ठप्प

सुर्खेत,१ असोज । जेनजी आन्दोलनकारीले २४ गते आगजनी गरेपछि कर्णाली प्रदेशको लेखा नियन्त्रक कार्यालय ९प्रलेनिका० ठप्प भएको छ। आगजनीमा कार्यालयका सबै कागजात, कम्प्युटर र अन्य आवश्यक उपकरण जलेर नष्ट भएपछि प्रदेशका वित्तीय गतिविधि अनिश्चितकालका लागि प्रभावित बनेका छन्। प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्नप्रसाद सुवेदीका अनुसार, कार्यालयमा रहेका पुराना आयव्यय विवरण, कर्मचारी तलब र भुक्तानी … Continue reading कार्यालय आगजनी हुँदा वित्तीय कारोवार ठप्प

थप पढ्नुहोस् »

जेनजी आन्दोलनमा मृत्यु हुनेको सख्या ७४ पुग्यो, थप एकजनाको शव फेला

काठमाडौँ,१ असोज । जेनजी आन्दोलनमा मृत्यु हुनेको सँख्या ७४ पुगेको छ । आन्दोलका क्रममा आगजनी भएको काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषबाट थप एक युवकको कंकाल फेलासंगै मृत्तकको सँख्या ७४ पुगेको हो । बुधबार भवन सफा गर्ने क्रममा उक्त कंकाल भेटिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, मृतक रामेछापको खाँडादेवी गाउँपालिका– ६ घर भई हाल ललितपुरको … Continue reading जेनजी आन्दोलनमा मृत्यु हुनेको सख्या ७४ पुग्यो, थप एकजनाको शव फेला

थप पढ्नुहोस् »

आफूमाथि आक्रमणको प्रयास भएको सुदनको दाबी

काठमाडौ, १ असोज । जेनजी आन्दोलको नेताका रुपमा देखा परेका हामी नेपालका संयोजक सुदन गुरुङले आफूमाथि आक्रमणको प्रयास भएको दाबी गरेका छन्। बुधबार अज्ञात समूहले आफूमाथि आक्रमण गर्ने उद्देश्यले रानी बारीबाट बानेश्वरसम्म लखेटेको गुरुङले दाबी गरेका हुन्। पल्सर बाइक र केही गाडीमा आएको समूहले आफूलाई लखेटेको गुरुङको दाबी छ। जेन–जी आन्दोलनका क्रममा अग्र भागमा नदेखिएका … Continue reading आफूमाथि आक्रमणको प्रयास भएको सुदनको दाबी

थप पढ्नुहोस् »

जंगली च्याउ खाँदा छजना बिरामी

काठमाडौ,१ असोज। जंगली च्याउ खाँदा गुल्मीमा छजना बिरामी परेका भएका छन् । गुल्मीदरबार गाउँपालिका –१ बलिथुमका रजाली परिवार बुधबार बिहान जंगलबाट ल्याएको च्याउ खादा बिरामी भएका हुन् । खानाको समयमा उक्त च्याउ खाँदा बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । बलिथुमका ८३ वर्षीय केहरसिंह रजाली, ३३ … Continue reading जंगली च्याउ खाँदा छजना बिरामी

थप पढ्नुहोस् »

बिलबिनाको सामान किनबेच नगर्न अनुरोध

काठमाडौँ,१ असोज । नेपाल प्रहरीले बिलबिजकबिना सामान किनबेच नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा तोडफोड तथा लुटपाट भएका सामग्री अवैध रूपमा बजारमा प्रवेश गर्न सक्ने भन्दै त्यसबारे सचेत रहन सबैलाई अनुरोध गरेको हो। परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार बिलबिजकबिना सामान किनबेच भए प्रचलित … Continue reading बिलबिनाको सामान किनबेच नगर्न अनुरोध

थप पढ्नुहोस् »