समाचार

डोटीको बाल सुधार गृहबाट ५२ बालबालिका फरार

काठमाडौ,२५ भदौ । । देशभरका कारागार र बाल सुधार गृहबाट कैदीबन्दीहरू फरार भइरहेका बेला डोटीको बाल सुधार गृहबाट पनि ५२ जना बालबालिका मंगलबार राति भागेका छन्। बाल सुधार गृहकी इन्चार्ज सानुमाया लिम्बुका अनुसार जम्मा ५३ जना बालबालिकामध्ये ५२ जना फरार भएका हुन् भने एक जना मात्रै भागेका छैनन्। उनले सुरक्षामा खटिने प्रहरीको संख्या सात–आठ जना … Continue reading डोटीको बाल सुधार गृहबाट ५२ बालबालिका फरार

थप पढ्नुहोस् »

संविधानलाई नै मार्गदर्शक बनाउनुपर्छ: वामदेव गौतम

काठमाडौँ,२५ भदौ। नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा उत्पन्न राजनीतिक समस्याको समाधान संविधानमार्गबाटै खोजिनुपर्ने बताएका छन् । आज एक सन्देश जारी गर्दै उनले अहिले राज्यका संरचना अस्तव्यस्त भएकाले संविधानबाहिरबाट खोजिने समाधान दीर्घकालीन हुन नसक्ने स्पष्ट पारे । गौतमले वर्तमान जटिल परिस्थितिमा राजनीतिक पार्टीभन्दा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, … Continue reading संविधानलाई नै मार्गदर्शक बनाउनुपर्छ: वामदेव गौतम

थप पढ्नुहोस् »

पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परिक्षा अनिश्चितका लागि स्थगित

काठमाडौँ,२५ भदौ । पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना प्रकाशित गर्दै देशमा उत्पन विषम परिस्थितिका कारण स्नातक र स्नातकोत्तर तहका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

थप पढ्नुहोस् »

खुल्यो त्रिभुवन विमानस्थल

दाङ,२५ भदौ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थल खुलेको छ । जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण बन्द रहेको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले हिजोदेखि बन्द गरिएका हवाई उडानहरू सुचारु गर्ने निर्णय गरेको हो । ‘हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरूले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको … Continue reading खुल्यो त्रिभुवन विमानस्थल

थप पढ्नुहोस् »

कपिलवस्तु कारागारका ४३१ कैदीबन्दी भागे, अदालत पुगेर आगजनी

दाङ,२५ भदौ । कपिलवस्तु कारागारमा रहेका ४३१ कैदी वन्दीहरु भागेका छन् । बुधबार बिहान कारागारको गेट तोडेर उनीहरु भागेका हुन् । बिहान करिब ६ बजेतिर कारागारका २ ब्लकमा रहेका ४५९ कैदीबन्दीमध्ये ४ सय ३१ जना भागेका हुन् । सो कारागारका २ ब्लकमा २८ जना कैदी बन्दीहरु भने कारागारबाट नभागेको कारागारका कैदी वन्दी नाईके राजु तिवारीले … Continue reading कपिलवस्तु कारागारका ४३१ कैदीबन्दी भागे, अदालत पुगेर आगजनी

थप पढ्नुहोस् »

जेलबाट भाग्न मानेनन् दीपक मनाङे

काठमाडौँ, २५ भदौ । डिल्लीबजार कारागारमा मंगलबार भएको हुलदंगामा अन्य कैदीहरू बाहिर निस्किए पनि गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे ९राजीव गुरुङ० भने भित्रै बसिरहेका छन्। कारागारभित्र आगलागी हुँदा अन्य कैदीहरू सुरक्षित स्थान खोज्दै भाग्दा मनाङेले भने आफू बाहिर नजाने अडान लिएका हुन्। “बाहिर जान्न,” भन्दै उनले अन्य कैदीलाई समेत रोकेको जेल स्रोतले बताएको छ। यद्यपि, … Continue reading जेलबाट भाग्न मानेनन् दीपक मनाङे

थप पढ्नुहोस् »

गंगा दाहालको घरमा जलेको शव फेला

काठमाडौँ, २५ भदौ । ललितपुरको ढोलाहिटीस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा एक पुरुषको जलेको अवस्थामा शव फेला परेको छ। मंगलबारको आन्दोलनका क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो। त्यही आगलागीमा परी एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार शव पुरुषको … Continue reading गंगा दाहालको घरमा जलेको शव फेला

थप पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितका लागि बन्द

काठमाडौ,२५ भदौ । काठमाडौंस्थित त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबार दिनभर काठमाडौंका विभिन्न स्थानमा भएको आगजनीका कारण जहाज अवतरणमा समस्या भएको भन्दै विमानस्थलका सम्पूर्ण उडान बन्द राखिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ । उक्त सूचनामा विमानस्थलमा कोही पनि नआइदिन आग्रह गरिएको छ । साथै, विमानस्थल खुलेको जानकारी आए सम्बन्धित उडान कम्पनीसँग सम्पर्क … Continue reading त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितका लागि बन्द

थप पढ्नुहोस् »

पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको शव फेला

काठमाडौँ ,२५ भदौ । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ । मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवसायी बिन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरुम र घरमा आगजनी गरेका थिए । आगजनी भएको घरको गाडी सोरुममा जलेको अवस्थामा फेला परेको शव त्यही … Continue reading पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको शव फेला

थप पढ्नुहोस् »

नेपालगन्ज सरकारी वकिल कार्यालयमा लुटपाट: भारतीय नागरिकको आधार कार्ड फेला

नेपालगन्ज ,२५ भदौ । नेपालगन्जस्थित उच्च सरकारी वकिलको कार्यालयमा गएराती लुटपाट गर्ने क्रममा संलग्न भारतीय नागरिकले आफ्नो आधार कार्ड छाडेका छन् । बुधबार बिहान कार्यालयका कर्मचारीहरूले उक्त कार्ड फेला पारेका हुन् । प्रत्यक्षदर्शी स्थानीयका अनुसार नेपालगन्जका अधिकांश सरकारी कार्यालयमा सामान लुटपाट भएको छ । नेपाली सेना परिचालन भएपछि आगजनी नियन्त्रणमा आएको भए पनि लुटपाट भने … Continue reading नेपालगन्ज सरकारी वकिल कार्यालयमा लुटपाट: भारतीय नागरिकको आधार कार्ड फेला

थप पढ्नुहोस् »