समाचार

पाथिभरा क्षेत्रमा तोडफोड र आगजनी

काठमाडौं,२७ भदौ। पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा जेनजीका नाममा उच्छृंखल व्यक्तिहरूले तोडफोड र आगजनी गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार आन्दोलन सकिएको भोलिपल्ट २५ गते राति ती संरचनामा आक्रमण गरिएको हो। समितिका अध्यक्ष रक्की थेबेले तिर्थालुका लागि निर्माण गरिएका हेल्थ डेस्क, हेल्प डेस्क र रेस्क्यु हाउसमा आगजनी भएको जानकारी दिए। उनका अनुसार पर्यटन विभागको सहयोगमा … Continue reading पाथिभरा क्षेत्रमा तोडफोड र आगजनी

थप पढ्नुहोस् »

कर्फ्यु खुकुलो भएसंगै पेट्रोल पम्पमा भिड

दाङ,२७ भदौ । दाङको जनजीवन सामान्य बन्दै गएको छ । नेपाली सेनाले कर्फ्यु खुकुलो बनाएर निषेधाज्ञा जारी राखेसँगै अत्यावश्यक कामका लागि आवतजावत गर्ने क्रममा सवारी साधानमा पेट्रोलियम पदार्थ भर्नेहरुको पनि लाइन बढेको छ । बिहान ६ बजेदेखि ११ बजेसम्म सेनाले अत्यावश्यकीय सामग्री किन्न साथै यात्रा गर्नका लागि खुला गरेसँगै पेट्रोलियम पदार्थ लिनेको लाइन लागेको हो … Continue reading कर्फ्यु खुकुलो भएसंगै पेट्रोल पम्पमा भिड

थप पढ्नुहोस् »

सेनाको निगरानीमा शीर्ष नेताहरू, अघोषित नजरबन्द

काठमाडौं, २६ भदौ । नेपाली सेनाको निगरानीमा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरू अघोषित नजरबन्दमा परेका छन्। उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको र बाहिरबाट सम्पर्कमा रहेका नेताहरूसँग अचानक सम्पर्क विच्छेद भएको दलका नेताहरूले बताएका छन्। दिउँसोसम्म नियमित सम्पर्कमा रहेका नेताहरू साँझदेखि सम्पर्कबाहिर पुगेपछि अन्योल बढेको छ। जेनजीको … Continue reading सेनाको निगरानीमा शीर्ष नेताहरू, अघोषित नजरबन्द

थप पढ्नुहोस् »

राष्ट्रपतिलाई सार्वजनिक गर्न दाङ तरुण दलको माग

दाङ, २६ भदौ ।नेपाल तरुण दल दाङले राष्ट्रपतिलाई सेनाको निगरानीमा राखिएको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल सार्वजनिक गर्न माग गरेको छ। तरुण दल दाङका अध्यक्ष टिका घर्तीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिको नजरबन्द संविधानविपरीत रहेको उल्लेख गर्दै “देशको सर्वोच्च संवैधानिक पदलाई अपमानित गर्ने” कदम तत्काल फिर्ता गर्न नेपाली सेनासँग आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “देशको संविधानलाई … Continue reading राष्ट्रपतिलाई सार्वजनिक गर्न दाङ तरुण दलको माग

थप पढ्नुहोस् »

त्रिपक्षीय वार्ता आकस्मिक रूपमा स्थगित

काठमाडौं, २६ भदौ । निर्णायक निकास निकाल्ने अपेक्षा गरिएको राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीचको त्रिपक्षीय वार्ता आकस्मिक रूपमा स्थगित भएको छ। मेडिकल व्यवसायी तथा राजावादी धारमा सक्रिय दुर्गा प्रसाईँ वार्तास्थलमा प्रवेश गरेपछि चलिरहेको छलफल रोकिन पुगेको हो। यसअघि जेन–जी समूहले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा एकमत जनाएपछि वार्ता प्रारम्भ भएको … Continue reading त्रिपक्षीय वार्ता आकस्मिक रूपमा स्थगित

थप पढ्नुहोस् »

चट्याङ लागेर एकजनाको मृत्यु, ३८ जना घाइते

काठमाडौं, २६ भदौ । बागलुङको तमानखोला गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्। बुधबार राति तमानखोला गाउँपालिका–६ नर्जाखानीमा परेको चट्याङका कारण ७१ वर्षीया मनकली बिकको मृत्यु भएको वडाध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिए। चट्याङ लाग्दा छन्त्याल आफैं पनि घाइते बनेका छन्। उनका अनुसार अन्य ३५ जना स्थानीय घाइते भएका … Continue reading चट्याङ लागेर एकजनाको मृत्यु, ३८ जना घाइते

थप पढ्नुहोस् »

भागेर भारत पुगेका १२ कैदीबन्दी पक्राउ, नेपाल प्रहरीलाई जिम्मा

काठमाडौं, २६ भदौ । जलेश्वर कारागारबाट भागेका १२ जना कैदीबन्दीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ। भदौ २४ गते भएको घटनामा जलेश्वर कारागारका ५७५ कैदी फरार भएका थिए। तीमध्ये भारततर्फ भागेका १२ जनालाई भारतीय प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिई बिहीबार नेपाल प्रहरीलाई बुझाएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक … Continue reading भागेर भारत पुगेका १२ कैदीबन्दी पक्राउ, नेपाल प्रहरीलाई जिम्मा

थप पढ्नुहोस् »

नख्खु कारागारबाट भागेका सञ्जय ‘टकला’ पक्राउ

काठमाडौं, २६ भदौ । नख्खु कारागारबाट भागेका सञ्जय साह ‘टकला’ पक्राउ परेका छन्। उनी बिहीबार काभ्रेको मंगलटारबाट पक्राउ परेको प्रहरीले जनाएको छ। पूर्वराज्यमन्त्री साहलाई जनकपुर बमकाण्डमा दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय तोकिएको थियो। बुधबार प्रदर्शनकारीले कारागारमा तोडफोड गरेपछि उनी अन्य कैदीसँगै भाग्न सफल भएका थिए। भागेपछि साह आफ्नो घर जनकपुर पुगेका थिए, जहाँ … Continue reading नख्खु कारागारबाट भागेका सञ्जय ‘टकला’ पक्राउ

थप पढ्नुहोस् »

आइतबारदेखि दर्ता र सुनुवाई थाल्ने सर्वोच्च फुल कोर्टको निर्णय

काठमाडौं, २६ भदौ । सर्वोच्च अदालतको फुल कोर्टले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ थाल्ने निर्णय गरेको छ । साथै, अदालतहरूलाई चाँडै सञ्चालनमा ल्याउने तयारी समेत अघि बढाइएको छ। जेनजी आन्दोलनका क्रममा देशभरका अदालतमा आक्रमण, तोडफोड र आगजनी हुँदा न्यायिक इतिहाससँग सम्बन्धित महत्वपूर्ण अभिलेख नष्ट भएको सर्वोच्चले जनाएको छ। आन्दोलन चर्किँदा सर्वोच्च अदालतको … Continue reading आइतबारदेखि दर्ता र सुनुवाई थाल्ने सर्वोच्च फुल कोर्टको निर्णय

थप पढ्नुहोस् »

संसद् विघटन मुख्य माग, सुशीला कार्कीको नेतृत्व मान्न तयार : जेनजी

काठमाडौं,२५ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनाउने विषय सार्वजनिक भइरहेका बेला जेन-जी आन्दोलनमा सक्रिय ‘हामी नेपाल समूह’ले संसद् विघटनलाई आफ्नो मुख्य मागका रूपमा अघि सारेको छ। समूहका अध्यक्ष सुदन गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा आफूहरू कार्कीको नेतृत्व मान्न तयार रहेको र त्यसबारे पर्याप्त सहमति जुटिसकेको बताए। उनले संसद् विघटनबिना अन्य राजनीतिक प्रक्रिया … Continue reading संसद् विघटन मुख्य माग, सुशीला कार्कीको नेतृत्व मान्न तयार : जेनजी

थप पढ्नुहोस् »