समाचार

तीन मन्त्रीले लिए सपथ

काठमाडौँ,३० भदौ । अन्तरिम सरकारका तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार उनीहरुले शपथ लिएका हुन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा … Continue reading तीन मन्त्रीले लिए सपथ

थप पढ्नुहोस् »

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालन

काठमाडौँ,३० भदौ। नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आजदेखि काठमाडौँ उपत्यकामा सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत यी पसल सञ्चालन हुने भएका हुन्। मन्त्रालयका अनुसार, आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा … Continue reading चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालन

थप पढ्नुहोस् »

जेन–जी आन्दोलनमा जलेको तुलसीपुर मालपोत कार्यालयमा सरसफाइ सुरु

अमृत काजी शर्मा,२९ भदौ। जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको मालपोत कार्यालय तुलसीपुरमा आजदेखि सरसफाइ सुरु गरिएको छ। नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरका कानुन व्यवसायी तथा मालपोत कार्यालयका कर्मचारीहरूले संयुक्त रूपमा सरसफाइ अभियान थालेका हुन्। तुलसीपुर उपमहानगरपालिका–६ अमिलिया रोडस्थित भाडाको भवनमा रहेको मालपोत कार्यालयलाई आन्दोलनकारीहरूले आगो … Continue reading जेन–जी आन्दोलनमा जलेको तुलसीपुर मालपोत कार्यालयमा सरसफाइ सुरु

थप पढ्नुहोस् »

‘जेनजी’ भन्दै कुटपिटपश्चात आत्महत्या : नाम लिएका चार जना पक्राउ

कञ्चनपुर ,२९ भदौ । कञ्चनपुरमा एक युवकले सामाजिक सञ्जालमा लाइभ गर्दै आत्महत्या गरेपछि घटनामा नाम समावेश गरिएको चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार पक्राउ पर्नेमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त रहेका छन्। उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा छानबिन र मुद्दा चलाउने तयारी भइरहेको छ। शनिबार … Continue reading ‘जेनजी’ भन्दै कुटपिटपश्चात आत्महत्या : नाम लिएका चार जना पक्राउ

थप पढ्नुहोस् »

चाडपर्वमा सुरक्षित यात्रा सुनिश्चित गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन

काठमाडौं, २९ भदौ । सरकारले चाडपर्वका यात्रुहरूको यात्रा सुरक्षित र सहज बनाउन उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्ने र यससँग सम्बन्धित छ बुँदे निर्णय गरेको सचिव केशवकुमार शर्माले जानकारी दिए। समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग … Continue reading चाडपर्वमा सुरक्षित यात्रा सुनिश्चित गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन

थप पढ्नुहोस् »

सुमना श्रेष्ठले छाडिन् रास्वपा

काठमाडौ ,२९ भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। उनले यसअघि फेसबुक लाइभमार्फत प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेकी थिइन्। सुमना श्रेष्ठले आफ्नो निर्णयको कारणबारे विस्तृत जानकारी भने सार्वजनिक गरेकी छैनन्। उनले भनेकी छिन्, “अब अवसर पाइसकेकाहरू अभिभावक बनेर नयाँ पुस्तालाई बाटो देखाउन … Continue reading सुमना श्रेष्ठले छाडिन् रास्वपा

थप पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय: मृतक जेनजी परिवारलाई १०-१० लाख दिने

काठमाडौं, २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेकी छन्। पदबहाली लगत्तै उनले जेन-जी आन्दोलनका क्रममा मृतक भएका व्यक्तिलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेकी छन्। पुरानो गृह मन्त्रालय परिसरमा निर्माण भएको नयाँ भवनमा कार्कीले पदभार ग्रहण गरेकी हुन्। उनलाई स्वागत गर्न उच्च सरकारी … Continue reading प्रधानमन्त्री कार्कीको पहिलो निर्णय: मृतक जेनजी परिवारलाई १०-१० लाख दिने

थप पढ्नुहोस् »

पसिना, श्रम र मेहन्त खरानी भयो : डिल्ली बहादुर चौधरी

दाङ,२९ भदौ । हालैको जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाटका कारण घरसमेत जलेपछि राजनीतिक तथा सामाजिक अभियन्ता डिल्लि बहादुर चौधरीले सामाजिक सञ्जालमार्फत आफ्ना पीडा र प्रतिबद्धता सार्वजनिक गरेका छन्। चौधरीले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। तर, आन्दोलनको नाममा भएको घुसपैठ, निजी सम्पत्ति जलाउने, लुटपाट गर्ने, चोरी–डकैतीजस्ता … Continue reading पसिना, श्रम र मेहन्त खरानी भयो : डिल्ली बहादुर चौधरी

थप पढ्नुहोस् »

पुनः कारागार फर्किए रवि

काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार पुनः नख्खु कारागारमा फर्किएका छन्। सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका उनी दिउँसो आफैं कारागार पुगे पनि सुरक्षाको कारण देखाउँदै प्रशासनले करिब पाँच घण्टापछि मात्र भित्र प्रवेश गराएको हो। लामिछाने भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको कारण … Continue reading पुनः कारागार फर्किए रवि

थप पढ्नुहोस् »

ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी

दाङ,२८ भदौ।जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दर्ता गरिएको छ। पूर्वप्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन्। जाहेरीमा ओलीले नै गोली चलाउन आदेश दिएको आरोप लगाइएको छ। … Continue reading ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी

थप पढ्नुहोस् »