समाचार

सात सवारी आपसमा ठोक्किदा सातजना घाइते

चितवन,१ कार्तिक । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा सात सवारीसाधन एकअर्कासँग ठोक्किएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ७:१५ बजे सवारीसाधन आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ लगिएको प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ।

थप पढ्नुहोस् »

जनकपुरको सुन पसलमा चल्यो गोलि

जनकपुर ,३१ असोज । जनकपुरको सोनारपट्टीमा शुक्रबार साँझ गोली चलेको छ।एक सुनचाँदी व्यवसायीको पसलमा छापा मार्न पुगेको प्रहरीमाथि अवरोध भएपछि प्रहरीले गोली चलाएको हो। बिलबिजकबिनाको सुनचाँदी खरिद–बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली छापा मार्न पुगेको थियो। सो क्रममा व्यवसायीहरूले अवरोध गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी … Continue reading जनकपुरको सुन पसलमा चल्यो गोलि

थप पढ्नुहोस् »

सामोआलाई १२४ रनले हराउँदै नेपाल विश्वकप छनोटको च्याम्पियन

काठमाडौं,३१ असोज ।नेपालले ओमानमा जारी आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको उपाधि जितेको छ। आज सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको कुनै प्रतियोगिताको उपाधि जितेर इतिहास रचेको हो। २१२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सामोआ २० ओभरमा ७ विकेट गुमाउँदै केवल ८७ … Continue reading सामोआलाई १२४ रनले हराउँदै नेपाल विश्वकप छनोटको च्याम्पियन

थप पढ्नुहोस् »

नेपालले दियो सामोआलाई २१२ रनको लक्ष्य

काठमाडौ,३१ असोज । ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ। टस जितेर सामोआले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन जोड्यो। नेपालका लागि ओपनर आसिफ शेख र दीपेन्द्रसिंह ऐरी ले अर्धशतक प्रहार गर्दै शानदार प्रदर्शन गरे। आसिफले ४१ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६९ … Continue reading नेपालले दियो सामोआलाई २१२ रनको लक्ष्य

थप पढ्नुहोस् »

सल्यानमा छ घण्टा विद्युत सेवा बन्द हुने

सल्यान, ३१ असोज । सल्यानमा शनिबार ६ घण्टा विद्युत सेवा बन्द हुने भएको छ। रुखका हाँगा हटाउने र विद्युत संरचना मर्मतका कारण विद्युत सेवा बन्द हुने भएको हो। नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार, शितलपाटी सबस्टेशन र बागचौर सबस्टेशन अन्तर्गतका सबै फिडरहरूमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ। तुलसीपुर–शितलपाटी र … Continue reading सल्यानमा छ घण्टा विद्युत सेवा बन्द हुने

थप पढ्नुहोस् »

पाकिस्तानमा आत्मघाती आक्रमण:सात सैनिकको मृत्यु

काठमाडौ,३१ असोज । पाकिस्तानको उत्तरी वजीरिस्तानस्थित मिर अलीमा रहेको सैन्य शिविरमा शुक्रबार भयानक आत्मघाती आक्रमण भएको छ। उक्त आक्रमणमा परेर सात जना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन्। तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का लडाकुहरूले आक्रमणको जिम्मेवारी लिएका छन्। फाटा क्षेत्रमा अलकायदा लडाकुहरूका विरुद्ध पाकिस्तानी सेनाले कारबाही थालेपछि विभिन्न लडाकु समूहहरू मिलेर सन् २००७ मा … Continue reading पाकिस्तानमा आत्मघाती आक्रमण:सात सैनिकको मृत्यु

थप पढ्नुहोस् »

जेनजी नेता मिराज ढुंगानाले राजनैतिक दल दर्ता गर्ने

काठमाडौं,३१ असोज । जेनजी आन्दोलनका युवा नेता मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्न लागेको घोषणा गरेका छन्। उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलनमार्फत दलको औपचारिक घोषणा गर्ने जानकारी दिएका छन्। ढुंगानाले नयाँ दलले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नेजस्ता एजेन्डालाई प्राथमिकतामा राख्ने बताएका … Continue reading जेनजी नेता मिराज ढुंगानाले राजनैतिक दल दर्ता गर्ने

थप पढ्नुहोस् »

जापानका पूर्वप्रधानमन्त्री मुरयामाको १०१ वर्षको उमेरमा निधन

काठमाडौ,३१ असोज । जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन्। दोस्रो विश्वयुद्धका बेला जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण मुरयामा विशेष रूपमा चिनिएका थिए। सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले एक्समार्फत जानकारी दिँदै लेखिन्, “जापानी राजनीतिको पिता मुरयामा तोमिचीको आज बिहान ११ः२८ … Continue reading जापानका पूर्वप्रधानमन्त्री मुरयामाको १०१ वर्षको उमेरमा निधन

थप पढ्नुहोस् »

एकैदिनमा ७ हजार १ सयले बढ्यो सुन

काठमाडौं ,३१ असोज । सुनको मूल्य आज एकैदिनमा प्रतितोला ७ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ। हिजो प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज फेरि बढेको हो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। … Continue reading एकैदिनमा ७ हजार १ सयले बढ्यो सुन

थप पढ्नुहोस् »

ल्याब सन्चालक पक्राउ

काठमाडौ ,३१ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले भेटेरेनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका सञ्चालक हेमराज बडाललाई पक्राउ गरेको छ। भन्सार शुल्क लाग्नेगरी आयात गर्न दिइएको सिफारिसपत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा बडाललाई आज नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख एवं प्रहरी अतिरिक्त … Continue reading ल्याब सन्चालक पक्राउ

थप पढ्नुहोस् »