समाचार

नेपाल आइडल–६ को विजेता गंगा

काठमाडौँ,१६ भदौ । नेपाल आइडल सिजन–६ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको विजेता गंगा सोन भएकी छन् । पाँच प्रतिस्र्धीलाई पपछि पार्दै गंगा नेपाल आइडल सिजन–६ को विजेता बन्न सफल भएकी हुन् । आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्। विजेता गंगालाई सञ्चार तथा सूचना प्रविधि … Continue reading नेपाल आइडल–६ को विजेता गंगा

थप पढ्नुहोस् »

राष्ट्रकवि घिमिरेको नाममा २७ लाखको अक्षयकोष स्थापना

काठमाडौं ,१५ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कारलाई नियमित रूपमा प्रदान गर्ने उद्देश्यले २७ लाख रूपैयाँको अक्षयकोष स्थापना गरिएको छ। मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। अक्षयकोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाख रूपैयाँ र परिवारका अन्य सदस्यले थप रकम सहयोग गरेका छन्। यसअघि नै … Continue reading राष्ट्रकवि घिमिरेको नाममा २७ लाखको अक्षयकोष स्थापना

थप पढ्नुहोस् »

तीनकुने घटना : दुर्गा प्रसाईँसहित ५० जनामाथि मुद्दाको अन्तिम सुनुवाइ आज

काठमाडौँ,१५ भदौ ।राजावादी आन्दोलनका क्रममा चैत १५ गते तीनकुनेमा भएको घटनामा संलग्न दुर्गा प्रसाईँसहित ५० जनाविरुद्ध दायर मुद्दामा अन्तिम सुनुवाइका लागि जिल्ला अदालत काठमाडौँमा पेसी तोकिएको छ। न्यायाधीश उमानाथ गौतमको इजलासमा आजै सुनुवाइका लागि पहिलो नम्बरमै पेसी तोकिएको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईँसहितमाथि राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित … Continue reading तीनकुने घटना : दुर्गा प्रसाईँसहित ५० जनामाथि मुद्दाको अन्तिम सुनुवाइ आज

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं १५ भदौ। मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बागमती प्रदेश ६६ प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना ७ ख ४२७६ … Continue reading मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

थप पढ्नुहोस् »

प्रचण्ड आज रुपन्देहीमा

दाङ,१५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही जाने भएका छन्। माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालका अनुसार प्रचण्डले आज बिहान १० बजे बुटवलस्थित शहीद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व. रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ। सोही अवसरमा … Continue reading प्रचण्ड आज रुपन्देहीमा

थप पढ्नुहोस् »

देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं, १५ भदौ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ भने अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कर्णाली र … Continue reading देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

थप पढ्नुहोस् »

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

काठमाडौ,१५ भदौ । यस वर्षको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित भव्य ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो। आयोजक संस्था ‘द हिडन ट्रेजर’ द्वारा आयोजना गरिएको प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले प्रतिष्ठित मिस नेपालको ताज आफ्नो पोल्टामा पारेकी हुन्।

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन

दाङ, १४ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । उनको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा शनिबार निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले जानकारी दिएका छन् । रुकुम पूर्व तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा … Continue reading लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन

थप पढ्नुहोस् »

पहिरोले राप्तीसहित १० राजमार्ग अवरुद्ध

दाङ,१४ भदौ । देशका विभिन्न भागमा बाढीपहिरोले आठवटा सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोलामा रहेको कोशी राजमार्ग, रसुवाको पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका हुन् । यस्तै बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–दरबाङ सडक, रुकुमपश्चिमको जाजरकोट-डोल्पा भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् … Continue reading पहिरोले राप्तीसहित १० राजमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

उखु किसानले भदौ २५ देखि राजमार्ग अवरुद्ध गर्ने

काठमाडौं,१४ भदौ । उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालीन रूपमा राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्। शनिबार उखु उत्पादक महासंघ र उखु उत्पादन हुने जिल्लास्तरीय संघहरूको संयुक्त बैठकले माग सम्बोधन नभएको भन्दै सशक्त आन्दोलनमा जाने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “माग सम्बोधन गराउन थप निर्णायक आन्दोलन अपरिहार्य भएकाले सशक्त आन्दोलनका लागि सबै … Continue reading उखु किसानले भदौ २५ देखि राजमार्ग अवरुद्ध गर्ने

थप पढ्नुहोस् »