समाचार

कार दुर्घटनामा चिकित्सकको मृत्यु

काठमाण्डौ,१४ भदौ । चितवनको भरतपुरमा कार दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोक नजिक रमाइलो चोकबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराति अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा भरतपुर–२ आँपटारीका डा. विप्लब भट्ट गम्भीर घाइते भएका थिए। उनीलाई तत्कालै पुरानो मेडिकल कलेज लगिएकोमा … Continue reading कार दुर्घटनामा चिकित्सकको मृत्यु

थप पढ्नुहोस् »

नेपालको नयाँ नक्सा संयुक्त राष्ट्रसंघमा

काठमाडौं,१४ भदौ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अद्यावधिक नक्सा संयुक्त राष्ट्रसंघमा पठाएको खुलेको छ। सन् २०२५ को जनवरीमै नेपालले संयुक्त राष्ट्रसंघलाई पठाएको ‘कमन कोर डकुमेन्ट अफ नेपाल’ नामक दस्तावेजसँगै नक्सा पनि समावेश गरिएको स्रोतले जनाएको छ। उक्त दस्तावेज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको हो। त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री र आरजु राणा देउवा … Continue reading नेपालको नयाँ नक्सा संयुक्त राष्ट्रसंघमा

थप पढ्नुहोस् »

बाँकेमा फैलियो ‘लम्पी स्किन’

बांके,१३ भदौ । बाँके जिल्लाका सात स्थानीय तहमा पशु चौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत तथा सूचना अधिकारी भोजबहादुर रावलका अनुसार जिल्लाभर एक महिनादेखि नै सङ्क्रमण देखिन थालेको हो। हाल राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र डुडुवाका विभिन्न क्षेत्रमा … Continue reading बाँकेमा फैलियो ‘लम्पी स्किन’

थप पढ्नुहोस् »

नदी कटानले राजापुर क्षेत्र जोखिममा

बर्दिया,१३ भदौ । कर्णाली नदीमा जलस्तर बढेपछि राजापुर नगरपालिका–४ स्थित दलैघाट क्षेत्रमा कटान भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना (साबिक कर्णाली नदी व्यवस्थापन आयोजना) का अनुसार करिब २ सय मिटर क्षेत्र नदीले कटान गरिसकेको छ। जलमापन केन्द्रका अनुसार शुक्रबार बिहान कर्णाली नदीमा ७ मिटर पानी बढेको छ। नदीको जलस्तर १० मिटरभन्दा माथि पुगेमा बाढीको … Continue reading नदी कटानले राजापुर क्षेत्र जोखिममा

थप पढ्नुहोस् »

लोसपाको महाधिवेशन चैतमा

काठमाडौं,१३ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चैतमा महाधिवेशन गर्ने भएको छ। हालै बसेको शीर्ष तहको विस्तारित बैठकले २०८२ साल चैत ६ र ७ गते महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष ठाकुरले जानकारी दिए। बैठकले तराई–मधेशका जिल्लामा खडेरीका कारण किसानहरू गम्भीर रूपमा प्रभावित भएको भन्दै संघीय र प्रदेश सरकारसँग क्षतिपूर्ति प्याकेज … Continue reading लोसपाको महाधिवेशन चैतमा

थप पढ्नुहोस् »

अछाममा छाउगोठमा सुतेका दुईको मृत्यु, एक घाइते

अछाम ,१३ भदौ । अछाममा छाउगोठमा सुतेका बेला भीरबाट खसेको ढुंगाले किच्दा दुईजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएकी छन्। पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ की सात वर्षीया कविता भण्डारीको शुक्रबार (भदौ १३) बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनालले जानकारी … Continue reading अछाममा छाउगोठमा सुतेका दुईको मृत्यु, एक घाइते

थप पढ्नुहोस् »

बैंकिङ कसुरमा फरार प्रतिवादीहरु पक्राउ

काठमाडौं ,१३ भदौ । बैंकिङ कसूर मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका–८ घर भई भक्तपुर नगरपालिका–१ सिर्जनानगर बस्ने ४२ वर्षीया अम्बिका कुमारी रिजाल, सर्लाही बरहथवा नगरपालिका–७ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ आरूबारी बस्ने ३५ वर्षीय विक्रम कुमार दमाई र बैतडी पाटन नगरपालिका–६ घर भई काठमाडौं कागेश्वरी मनोहरा … Continue reading बैंकिङ कसुरमा फरार प्रतिवादीहरु पक्राउ

थप पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

काठमाडौं,१३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए। बैठकमा भ्रमणका क्रममा उठाइने एजेन्डा र अन्य नियमित विषयमा समेत छलफल भएको बताइयो। प्रधानमन्त्री ओली शनिबार पाँच दिने चीन भ्रमणमा प्रस्थान गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार उनले … Continue reading प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

थप पढ्नुहोस् »

वायु प्रदूषण नियन्त्रण भए नेपालीको आयु ३ वर्षभन्दा बढी बढ्ने

काठमाडौं,१३ भदौ। वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार कायम गर्न सकिए नेपालीको औसत आयु ३ वर्ष ३ महिना बढ्न सक्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ। अमेरिकाको सिकागो विश्वविद्यालयअन्तर्गतको इनर्जी पोलिसी इन्स्टिच्युटले बिहीबार सार्वजनिक गरेको ‘एयर क्वालिटी लाइफ इन्डेक्स–२०२५’ प्रतिवेदनले नेपालका लागि वायु प्रदूषणलाई दीर्घायुमा पर्ने सबैभन्दा ठूलो बाह्य जोखिमको रूपमा देखाएको हो। पिएम … Continue reading वायु प्रदूषण नियन्त्रण भए नेपालीको आयु ३ वर्षभन्दा बढी बढ्ने

थप पढ्नुहोस् »

कपिलवस्तुमा बम विस्फोट

दाङ,१२ भदौ । कपिलवस्तुमा बम विस्फोट भएको छ। तौलिहवाबाट पिपरहवा जाने बाटोमा ठूलो विस्फोट भएको छ।  विस्फोटबाट बिच सडकमा ठूलो खाडल परेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी पुग्दैछ। 

थप पढ्नुहोस् »