समाचार

आज ऋषिपञ्चमी पर्व

काठमाडौं ,१२ भदौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभरका महिलाहरूले श्रद्धापूर्वक मनाइरहेका छन्। नारीहरूको विशेष पर्व मानिने ऋषिपञ्चमीका दिन महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी व्रत बस्ने प्रचलन छ। धार्मिक विश्वासअनुसार आज बिहानै नदी, खोला, पोखरी वा तलाउमा गएर ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने … Continue reading आज ऋषिपञ्चमी पर्व

थप पढ्नुहोस् »

बढ्यो अण्डाको मूल्य

दाङ,११ भदौ । चाडपर्व सुरु भएसँगै अण्डाको खपत बढ्दा मूल्य समेत बढेको छ। उत्पादन घट्नु र माग बढ्नुले अण्डाको दरमा वृद्धि भएको हो। नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५४५ र मझौला अण्डाको रु ५३० कायम गरिएको छ। यससँगै खुद्रा बजारमा प्रतिगोटा अण्डाको मूल्य … Continue reading बढ्यो अण्डाको मूल्य

थप पढ्नुहोस् »

रुबी हत्याका आरोपी पासवानको पनि मृत्यु

काठमाडौं ,११ भदौ ।रौतहटमा रुबी कुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको किर्तिपुर बर्न अस्पतालमा निधन भएको छ। गत शनिबार राति पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका पासवानलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो। साढे पाँच बजे उनको मृत्यु भएको पुष्टि भएको छ। ३० वर्षीय लक्ष्मण पासवानले रुबी कुमारी साहलाई आफ्नो कोठामा हत्या … Continue reading रुबी हत्याका आरोपी पासवानको पनि मृत्यु

थप पढ्नुहोस् »

रुवी साह हत्याका आरोपी पासवानले आफैंलाई आगो लगाए

रौतहट,११ भदौ । रुवी साहको हत्या आरोपमा रहेका लक्ष्मण पासवानले बुधबार आफ्नै शरीरमा आगो लगाएका छन्। आगोले उनको शरीरमा जलेको चोट लागेको छ र उनलाई तत्काल उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार, पासवान माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फ बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी … Continue reading रुवी साह हत्याका आरोपी पासवानले आफैंलाई आगो लगाए

थप पढ्नुहोस् »

सिन्धुली जान खोजेका थिए रिना-रोशनी : जान नपाएपछि सम्पर्कविहीन

काठमाडौं,११ भदौ । तीजको रमझम गाउँदेखि सहरसम्म चलेको थियो। चेलीबेटीहरू नाचगानमा रमाइरहेका थिए। तर, त्यही दिन १६ वर्षीया रिना विक र १३ वर्षीया रोशनी थापा भने घर जान खोज्ने योजनासहित हराएझैँ बनेका छन्। चितवनमा बस्दै आएका दुवै दिदी–बहिनीका छोरी तीजका लागि सिन्धुलीको इन्द्रावती गाउँपालिका–७ सितापोखरी घर जाने सोचमा थिए। रोशनीले परिवारसँग घर जाने अनुमति मागेकी … Continue reading सिन्धुली जान खोजेका थिए रिना-रोशनी : जान नपाएपछि सम्पर्कविहीन

थप पढ्नुहोस् »

एक महिनामा १४ अर्ब बढी सार्वजनिक ऋण : कुल सार्वजनिक ऋण २७ खर्ब नजिक

काठमाडौँ,११ भदौ । मुलुकमा सार्वजनिक ऋण चुलिँदै गएको छ । त्यस्तो ऋण चुलिँदै जाँदा मुलुकलाई व्ययभार चर्किंदै गएको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार सार्वजनिक ऋण २७ खर्ब नजिक पुगेको छ । श्रावणमा मात्रै १४ अर्ब २ करोड ऋण थप भएको छ । योसँगै असारमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब … Continue reading एक महिनामा १४ अर्ब बढी सार्वजनिक ऋण : कुल सार्वजनिक ऋण २७ खर्ब नजिक

थप पढ्नुहोस् »

रवि लामिछाने मुद्दा : उच्च अदालत बुटवलले कैफियत प्रतिवेदन झिकाउने आदेश

दाङ,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश जारी गरेको छ। बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले यो आदेश दिएको हो। कैफियत प्रतिवेदन भन्नाले अदालतमा दर्ता भएको मुद्दाको सम्पूर्ण विवरण — प्रारम्भिक आदेश, थुनछेक बहस, धरौटी वा थुनासम्बन्धी आदेश, पुनरावलोकनदेखि अन्तिम निर्णयसम्मको प्रक्रियालाई … Continue reading रवि लामिछाने मुद्दा : उच्च अदालत बुटवलले कैफियत प्रतिवेदन झिकाउने आदेश

थप पढ्नुहोस् »

मदिरामा झिँगा भेटिएपछि २ लाख जरिवाना

काठमाडौं,११ भदौ । मदिरामा झिङ्गा भेटिएपछि काठमाडौं महानगरपालिकाले मदिरा कम्पनीलाई २ लाख जरिवाना गरेको छ। महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा. लि.ले उत्पादन गरेको ‘मुस्ताङ गोल्ड’ नामक मदिरामा अखाद्य वस्तु भेटिएपछि कारबाही गर्दै २ लाख रुपैयाँ जरिवाना गरेको छ। सिलबन्दी अवस्थामा बजारमा वितरण भइरहेको उक्त मदिरामा झिँगा फेला परेपछि उपभोक्ताले भदौ ४ गते महानगर प्रहरी बलमा गुनासो … Continue reading मदिरामा झिँगा भेटिएपछि २ लाख जरिवाना

थप पढ्नुहोस् »

देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागु गर्न माग

काठमाडौँ ११ भदौ, । राजधानीमा ‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै प्रदर्शन गरेको छ। समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघाती संज्ञा दिँदै देवनागरी लिपिमा मात्र इम्बोस्ड नम्बर प्लेट लागू गर्नुपर्ने माग अघि सारेको हो। प्रदर्शनका क्रममा उनीहरूले “देवनागरी लिपिको रक्षा गरौं”, “नेपाली भाषा र लिपि मेट्न पाइँदैन”, “इम्बोस्डका भ्रष्टाचारीलाई … Continue reading देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागु गर्न माग

थप पढ्नुहोस् »

पर्सामा हैजा नियन्त्रण बाहिर छ: प्रजिअ

काठमाडौं,११ भदौ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रण बाहिर गएको बताएका छन्। मंगलबार पत्रकारसँग भेटघाटमा उनले हैजा नियन्त्रणका लागि तत्काल सामूहिक र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए। ‘हामी अहिले निकै संवेदनशील अवस्थामा छौं,’ उनले भने, ‘हैजा नियन्त्रण बाहिर गएको छ, त्यसैले रोकथाम र नियन्त्रणका लागि सबै पक्ष … Continue reading पर्सामा हैजा नियन्त्रण बाहिर छ: प्रजिअ

थप पढ्नुहोस् »